84Shares

पोखरा । रोटरी क्लब अफ पोखरा मिड टाउनको २३औं पदस्थापन समारोह सम्पन्न भएको अध्यक्षमा सूर्यनारायण बराल चयन भएका छन् शनिवार होटल पौवा लेकसाईडमा सम्पन्न पदस्थापन समारोहले क्लब अध्यक्ष सहित पदाधिकारीहरुलाई पदस्थापित गराएको हो  क्लबको २३औं पदस्थापन पश्चात क्लबको आगामी एक वर्षको कार्यकालको नेतृत्व बरालले गर्ने छन्

समारोहमा बर्ष २०२३/२४ का अध्यक्ष सोनी ढेवाजुलगाएत क्लबका पूर्व अध्यक्षहरूले वर्ष २०२४/२५ का अध्यक्ष सूर्य नारायण वराललाई गन/ग्यावेलचार्टर सर्टिफिकेट कोलार हस्तान्त्रण गरी विधिवत रुपमा पदस्थापन गराएका थिए 

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भूटानका इलेक्ट गभर्नर बिनोद कोईरालाको प्रमुख आतिथ्य, पूर्व डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठको बिशेष आतिथ्यतामा सम्पन्न पदस्थापन समारोहमा डिष्ट्रिक्टका ऐसिस्टेन्ट गभर्नर, डिष्ट्रिक्टका पदाधिकारी अन्य क्लबका आमन्त्रित रोटरियन, क्लबका पदाधिकारी सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो 

कार्यक्रमा रोटरी क्लबका इलेक्ट गभर्नर एवं पदस्थापन अधिकृत बिनोद कोईरालाले क्लब अध्यक्ष सूर्य नारायण बराललाई बरालले क्लबका ०२४/२५ का पदाधिकारीलाई शपथ गराएका थिए  

सो अवसरमा क्लबका अध्यक्ष बरालले आफुहरुले यस वर्ष वालवालिकाको शिक्षा, स्वास्थ्य एवं वातावरण तथा महिला शसक्तिकरणमा विशेषरुपमा कार्य गर्ने प्रतिवद्धता जनाएका थिए  

क्लबका सचिव जिवन भण्डारीको संचालन रहेको कार्यक्रममा क्लवका वर्ष २०२४/२५ प्रेसिडेन्ट इलेक्ट उपेन्द्र पौडेलले स्वागत क्लबका पूर्व अध्यक्ष एवं कार्यक्रम  संयोजक रविन्द्र बास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए भने क्लवका पूर्वअध्यक्ष सन्तोष पोख्रेलले क्लब अध्यक्ष सूर्यनारायण वराल   पूर्व अध्यक्ष कृष्ण प्रसाद घिमिरेले प्रमुख अतिथि बिनोद कोईरालाको परिचय गराएका थिए

समारोहमा रोटरी क्लब पोखरा मिड टाउनले रोटरी क्लब काठमांडौ नक्साल शक्ति गण्डकी मेडिकल कलेज पोखराको सहयोगमा पोखराका अन्य क्लबहरूलाई समेटेर लेखनाथ आसपासका ११ वटा समुदायिक विध्यालयहरुमा अध्ययनरत वालवालिकाको स्वास्थ्थ जाँच गर्ने सम्बन्धमा सम्झौता गरेको 

सम्झौतापत्रमा पोखरा मिड टाउनका अध्यक्ष सूर्यनारायण बराल रोटरी क्लब काठमांडौ नक्साल शक्तिका संस्थापक अध्यक्ष डा. लुना अर्यालले हस्ताक्षर गरेका थिए

समारोहमा प्रमुख अतिथि इलेक्ट गभर्नर बिनोद कोईराला, पूर्व डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संधका अध्यक्ष विनोद श्रेष्ठ, क्लवका वर्ष २४/२५ का एजी गणेश पौडेल लगाएतले पोखराको अग्रणि क्लवका हैशियतले यस क्षेत्रका सवै क्लवहरुलाई समेटेर रोटरीको मर्म भावना अनुसारका सेवाका कार्य गर्न प्रेरित गरेका थिए

क्लबले वार्षिक रूपमा उद्यमशिलको माध्यमवाट रोजगारी श्रृजना गर्ने उद्योगिलाई सम्मान गर्ने प्रचलन अनुसार यस वर्ष एकिकृत कृषि प्रणालिमा संलग्न मिना कुमारी गुरुङलाई व्यावसायिक पुरस्कारवाट पुरस्कृत गरेको थियो । त्यस्तै, क्लवका सदस्य परिवार मध्येवाट ज्येष्ठ नागरिकलाई सम्मान गर्ने प्रचलन अनुसार क्लबका सचिव जीवन भण्डारीको आमा वर्ष ८० की हिमादेवि भण्डारीलाई सम्मान गरेको अध्यक्ष बरालले बताए

84Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected