16Shares

काठमाडौं लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५आईनेपालको लायनवर्ष २०२४/२५ को डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवं पहिलो क्याविनेट बैठक काठमाण्डौं हुने भएको छ।

काठमाण्डौं थापाथलीस्थित कार्की बैंक्वेटमा साउन गते डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवं पहिलो क्याविनेट बैठक हुने डिष्ट्रिक्टका क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले बताए

डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले डिष्ट्रिक्ट क्याविनेट पदाधिकारी पदस्थापन एवं पहिलो क्याविनेट बैठक जुलाई २०, २०२४ अर्थात साउन , २०८१ मा बोलाउनु भएको तिवारीले बताए । उनका अनुसार लायन्सका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा एवं पदस्थापन अधिकृत रहनु  हुनेछ

डिष्ट्रिक्ट क्याविनेट पदाधिकारी पदस्थापन एवं पहिलो क्याविनेट बैठक सम्पन्न गर्नका लागि डिष्ट्रिक्टका चिफ पिआरओ बिष्णु भण्डारीलाई संयोजक तोकिएको  आइतवार डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको उपस्थितमा काठमांडौंमा उपलब्ध सिनियर लायन्स लिडरहरूको बैठकले भण्डारी संयोजक रहेको मूल आयोजक समिति गठन गरी डिष्ट्रिक्टका सिनियर लिडरहरूलाई विभिन्न उपसमितिको जिम्मेवारी प्रदान गरेको हो 

बिभिन्न उप-समिति मध्ये रजिष्ट्रेसन संयोजकमा सन्दीप पराजुली सदस्यमा डा. गोपाल प्रधान रामहरी सिलवाल, हल व्यवस्थापन समिति संयोजकमा विनय अग्रवाल सदस्यमा तेज नारायण श्रेष्ठ सरोज बिष्ट, किट व्यवस्थापन समिति संयोजकमा जनार्दन फुयाल सदस्यमा राजु चालिसे र शिवराम गौतम, सोभिनियर प्रकाशन समिति संयोजकमा महेन्द्र राठी सदस्यमा पंकज जलान विजयकुमार रेग्मी, ब्यानर फोटो ब्यानर साउन्ड सिस्टम संयोजकमा महेश पाण्डे सदस्यमा पदमलाल सापकोटा पवन कुमार थापा, स्वागत सत्कार समिति संयोजक बिना थापा सदस्यमा बिन्दु घिमिरे, कल्पना आचार्य संगीता लुईटेल, मनोरञ्जन समिति संयोजक मेनका लामा सदस्यमा बासुदेव तिमल्सिना र हेमराज बराल, होटेल तथा यातायात व्यवस्थापन समिति संयोजकमा विष्णुबहादुर केसी सदस्यमा खड्गबहादुर लामा, भोला थापा, प्रमोद निधि तिवारी, उपेन्द्र सिग्देल र अनुज कुमार श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको संयोजक भण्डारीले जानकारी गराए ।

कार्यक्रम सम्पन्न गर्नका लागि काठमांडौंस्थित विभिन्न लायन्स क्लबहरूद्वारा संयुक्त रूपमा आयोजना गरिने भएको छ । जसमा, लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध, काठमाडौ मध्य शहर, काठमाडौं तारकेश्वर प्लानेट, काठमाडौं समर्पण, काठमाडौं तारकेश्वर, काठमाडौं सामाखुशी, काठमाडौं टेम्पल गणेश, काठमाडौं गुलमोहर टाइकुन, काठमाडौं भृकुटी, काठमाडौ टेम्पल पिस काभ्रे काठमाडौं निलगिरीले संयुक्त रूपमा गर्ने छन्

रजिष्ट्रेसनलाई प्रभावकारी बनाउनका लागि काठमांडौं  पोखरा एरियामाका क्लस्टर प्रमुखहरूलाई समेत जिम्मेवारी प्रदान गरिएको रजिष्ट्रेसन उप-समिति संयोजक सन्दीप क्षेत्रीले बताए  उनका अनुसार रजिष्ट्रेसन कमिटीमा क्लस्टर एक देखि १२ सम्मका क्लस्टर चिफहरू क्रमशः खाम बहादुर थापामगर, भावना बसेल, विष्णु श्रेष्ठ, दिल बहादुर थापा, नगेन्द्र राज बराल, अनिता थापा बिष्ट, धिरज श्रेष्ठ, कल्पना पौडेल घिमिरे, लक्ष्मी प्रसाद कटेल, पृथ्वी राज अर्याल, संगिता थापा के.सी शारदा न्यौपानेलाई जिम्मेवारी प्रदान गरिएको

16Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected