50Shares
पोखरा भ्यूज
पोखरा २८ आषाढ । माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का सचिव विष्णुप्रसाद भट्टराई सम्मानित भएका छन् । उनले आ.व. २०८०।०८१ मा राजश्व संकलन लगायत समग्र सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेवापत उनलाई विहीबार भएको गाउँपालिकाको १५ औं गाउँसभाको अवसरमा सम्मान गरिएको हो ।
गाउँपालिका प्रमुख मीनबहादुर गुरुङले सम्मानपत्रसहित वडा सचिव भट्टराई सम्मान गरेका हुन् । ‘गाउँपालिकाबाट भएको सम्मानले मलाई सेवाप्रति अझ बढी समर्पित हुने उर्जा प्राप्त भएको छ,’ सम्मानित भएपछि वडासचिव भट्टराई प्रतिक्रिया दिंदै भने -‘गाउँपालिकाले गरेको मूल्यांकनबाट मलाई न्याय मिलेको महशुस भएकोछ ।’
50Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।