२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबरदेशमुख्य खबर

कस्तो होला आईफोन १६ प्लस ?

काठमाडौं । आफ्नो वार्षिक डेभलपर कन्फ्रेस गरिसकेको एप्पलले  अबको दुई महिनापछि आईफोन १६ सार्वजनिक गर्दैछ । यस्तोमा आईफोन पारखीहरू निकै उत्साहित हुन सक्छन् । किनकि आईफोन १५ सिरिजबाट सोचे जस्तो सफलता नमिलेको एप्पलले आईफोन १६ सिरिजलाई उत्कृष्ट बनाउन सक्छ । यसका लागि एप्पलले पक्कै पनि विभिन्न अपग्रेड गर्नेछ । अहिले यसबारे विभिन्न आँकलन गर्न थालिएको छ । आज हामी एप्पलले आईफोन १६ प्लसमा गर्न सक्ने प्रमुख अपडेटबारे चर्चा गर्ने छौं:

May be an image of text

१. डिजाइन 

आईफोन १६ प्रोमा एप्पलले क्यामेरालाई ठाडो तरिकाले राख्ने अनुमान छ । किनकि यसले स्पासियल भिडिओको गुणस्तर सुधार गर्ने बताइएको छ ।

यस प्रकारको क्यामेरा एप्पलले आईफोन १५ प्रोमा पनि दिइएको थियो । यस क्यामेराले स्टेरियोस्कोपिक थ्रीडी भिडिओ खिच्न सक्छ । त्यस्तै एप्पलले साइलेन्ट स्विचको साटोमा नयाँ क्याप्चर बटन राख्न सक्नेछ । जसले फोटो तथा भिडिओ खिच्न सजिलो बनाउने अपेक्षा गरिएको छ ।

२. ब्याट्री लाइफ 

एप्पलले आईफोन १६ प्लसमा भएको ब्याट्री क्षमतालाई पनि सुधार गर्नेछ । यसका लागि एप्पलले सानो आकारमा भएपनि बढी समय टिक्ने ब्याट्री प्रयोग गर्न सक्छ । त्यस्तै ४० वाटसम्मको फास्ट चार्जिङ सपोर्ट र २० वाटसम्मको वायरलेस चार्जिङ सपोर्ट हुनसक्ने अपेक्षा गर्न सकिन्छ ।

३. पर्फमेन्स 

फोन स्तरीय छ/छैन भनेर निर्धारण गर्ने एउटा विषय हो, पर्फमेन्स । यसैलाई सुधार गर्न आईफोन १६ प्लसमा एप्पलले आफ्नो नयाँ चिप ए१८ राख्न सक्छ । जुन एप्पलले अहिलेसम्म बनाएको मध्ये सबैभन्दा शक्तिशाली चिप हुनेछ । जसले मल्टिटास्किङ तथा गेमिङका लागि राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ ।

त्यसमाथि यसअघि नै एप्पलले ‘एप्पल इन्टेलिजेन्स’को घोषणा भइसकेको छ । यो एआई फिचरहरूको एउटा प्याकेज हो । जुन आईफोन १६ सिरिजमा उपलब्ध हुने छ । यसर्थ आईफोन १६ प्लसको प्रदर्शन सुधार गर्नमा एआई फिचरहरूले फिचरहरूले पनि भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।

४. कनेक्टिभिटी 

फोनमा जति राम्रो कनेक्सन भयो, प्रयोगकर्ताको अनुभव त्यति नै राम्रो हुन्छ । किनकि प्रयोगकर्ताले फोनमा इन्टरनेट जोडेर अनेकन् काम गर्न सक्छन् । यसैका लागि एप्पलले आईफोन १६ प्लसमा वाई-फाई सिक्स ई (Wi-Fi 6E) उपलब्ध गराउने छ । यो भनेको वाई-फाईको अर्को पुस्ता हो । जसले अझ छिटो र भरपर्दो इन्टरनेट स्पिड दिनेछ ।

५. क्यामेरा 

एप्पलले आईफोन १६ प्लस मोडलमा क्यामेराको क्षमता पनि सुधार गर्नेछ । विशेषगरी स्पासियल भिडिओ तथा एआई फिचर दिने निश्चित हुँदा यो अनुमान गर्नु सान्दर्भिक पनि हुन्छ । यसले गर्दा प्रोफेसनल जस्तो देखिने फोटो/भिडिओ आईफोनबाट खिच्न थप सहयोग पुग्नेछ ।

No photo description available.

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…