डिष्ट्रिक्ट ३२५ आईको अवार्ड वितरण समारोह सम्पन्न (अवार्डेड लिस्ट सहित)


काठमांडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२३/२४ को अवार्ड वितरण समारोह सम्पन्न भएको छ । ‘नेतृत्वका लागि उत्प्रेरित गरौं’ भन्ने नाराका साथ ३२५ आई नेपालको लायन बर्ष २०२३/२४ मा उत्कृष्ट कार्य सम्पादन गर्ने लायन्स सदस्य एवं क्लबहरुको सम्मानमा शुक्रवार काठमांडौं बसुन्धरास्थित दियालो फुडल्याण्डमा वितरण समारोह सम्पन्न भएको हो ।
लायन बर्ष २०२३/२४ का डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले आफ्नो गभर्नर कार्यकालमा डिष्ट्रिक्टलाई सफल बनाउन उत्कृष्ट कार्य गर्ने एवं विशिष्ट योगदान पुर्रयाउनु हुने लायन्स तथा क्लबलाई सम्मान तथा अवार्ड वितरण गर्न पाँउदा अत्यंतै खुशी लागेको बताए ।
केसीले बर्ष भरी नै महत्वपूर्ण सहयोग गर्नु हुने एलसिआईएफ एरिया लिडर राजन लम्साल, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, पूर्व डिष्टिक्ट गभर्नरद्धय राम बसेल र इन्दु लम्साल, लायन बर्ष २०२३/२४ का प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर हालका गभर्नर बिनोद ढुंगाना, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, क्याविनेट सेक्रेटरी महेश पाण्डे, क्याविनेट ट्रेजरर सन्तोष रावल, डिष्ट्रिक्ट चिफ एडभाईजर सूर्य कुमार केसी लगाएतलाई सम्मान तथा अवार्ड वितरण गरिएको हो ।

समारोहमा लायन्स अफ दि एयर २०२३/२४ का क्याविनेट सेक्रेटरी महेश पाण्डे घोषित भए भने इन्सपाएर टु लिड अफ दि एयर जोन चेयरपर्सनतर्फ नारायण रेग्मी, एडिशनल डिष्ट्रिक्ट को–अर्डिनेटरमा रामहरि सिलवाल, डिष्ट्रिक्ट को–अर्डिनेटरहरुमा क्रमशः विनय अग्रवाल, ऋषी गिरी र अमृत शोभा खत्रीले प्राप्त गरे ।

त्यस्तै, वेस्ट क्याविनेट अफिसर अफ दि एयरमा डिष्ट्रिक्ट चिफ रहमोहन सुवेदी, वेस्ट रिजन चेयरपर्सन केदार प्रसाद न्यौपाने, वेस्ट जोन चेयरपर्सन ज्ञानबहादुर राना, बेस्ट क्लब प्रेसीड़ेन्ट अफ दि एयर केदार प्रसाद दवादी, वेस्ट क्लब अफ दि एयरमा काठमाडौं तारकेश्वर गोमा दवाडी, वेस्ट सर्भिस अवार्ड अफ दि एयर सरिता चापागाई, वेस्ट कन्ट्रीब्यूसन अवार्ड मिना पौडेल, मेम्बरशिप च्याम्पियन क्लब अफ द एयर तारकेश्वर गोलढुंगा, बेस्ट ह्युमाटेरियन क्लब अफ द एयर काठमाडौं रक्तदाता समुह, बेस्ट क्लब मोफसल अवार्ड पर्वत गुप्तेशवर, डेडिकेटेड क्लब काठमाडौं टेम्पल गणेश, बेस्ट न्यू क्लबमा काठमांडौं पिस वर्ड लगाएतका विभिन्न व्यक्ति र क्लबहरूलाई सम्मान गरिएको थियो ।
समारोहका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका एलसीआईएफ एरिया लिडर राजन लम्साल, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसी, लायन बर्ष २०२४∕/२५ का डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, इन्दु लम्साल लगाएतले अवार्ड वितरण गरेका थिए ।
अवार्ड वितरण समारोहमा प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका एलसिआइएफका एरिया लिडर राजन लम्सालले लायन्सले समाजसेवामा पुर्रयाएको योगदान महत्वपूर्ण रहेको बताउदै समाजसेवा गाह्रो काम भएपनि लायन्सले विना स्वार्थ समाजसेवाको क्षेत्रमा थुप्रै काम गरेकोमा खुशी व्यक्त गरे । गभर्नर केसीले आफ्नो लक्ष्य अनुरूप कार्य सम्पादन गरी नेपालको ५३ बर्षे लायनवादको ईतिहासलाई ब्रेक थ्रु गर्दै लायन्स अन्तर्राष्ट्रियबाट सर्वोत्कृष्ट पदक जेसी रोबिन्सन अवार्डद्वारा डिष्ट्रिक्टलाई सम्मानित गराउन सफल भएकोमा गभर्नर कार्यकाल ईतिहासको स्वर्णिम कार्यकाल भएको बताए ।





