1Shares

पोखरा भ्यूज
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १८ देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले भारत, चीन, अमेरिका, बेलायतसहित १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको हो । ।

सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, रुस र अष्ट्रेलियाको राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । चीनमा विष्णुपुकार श्रेष्ठ, रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत थिए । प्रचण्ड नेतृत्वको सरकारले यसअघि २४ जेठको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।

यीसहित खाली भएका देशमा नयाँ राजदूत नियुक्ति सिफारिस गरिएको छ । यद्यपि यसअघि फिर्ता बोलाइएका भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई पुनः सोही देशका लागि सिफारिस गरिएको थियो ।

त्यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी अमेरिका, पूर्वसचिव चन्द्र घिमिरे बेलायत, कृष्णप्रसाद ओली चीन, पूर्वसांसद शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरिया र डा. नेत्र तिमल्सिना मलेसियाका लागि राजदूत सिफारिस गरिएको स्रोतले बतायो ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected