6Shares

पोखरा भ्यूज
पोखरा । पोखरा १७ बिरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कूलको बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । सोमबार बिहान पोखरा ३३ र २१ का विद्यार्थी लिएर आउँदै गरेको ग १ क ६२१९ नम्बरको स्कूल बस कृस्तीमा दुर्घटनामा परेको थियो ।

चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected