पोखरा । लायन्स क्लब अफ पोखरा सिभिक, पोखरा पिस पाराडाईज र स्टार ग्लोरीका क्लब पदाधिकारीको पदस्थापन सम्पन्न भएको छ ।
शनिवार होटल माउण्ट कैलाश लेकसाईड पोखरामा सम्पन्न पदस्थापन समारोहमा पदस्थापन अधिकृत लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले तीन वटै क्लबका अध्यक्ष एवं क्लब पदाधिकारीलाई पदस्थापित गराएका हुन् भने डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले क्लबका नयाँ सदस्यलाई लायनवादको प्रवेश सँगै बिधि बिधान अनुरूप सपथ खुवाएकी थिईन् ।
कार्यक्रममा तीन वटा क्लबका २०२३/२४ का अध्यक्ष क्रमशः रेशम खड़का, सुरेश न्यौपाने र संगीता पाण्डेले आफ्नो कार्यकालमा सम्पादन गरेका कार्य प्रस्तुत गरेका थिए भने २०२४/२५ का अध्यक्षहरू क्रमशः विकाश कँडेल, बिष्णुप्रसाद तिमिल्सिना र दुर्गा केसीले आफ्ना भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।
पोखरा पिस पाराडाईजका २०२३/२४ का अध्यक्ष शुरेश न्यौपाने र पोखरा सिभिकका २०२४/२५ का अध्यक्ष बिकास कँडेलको अध्यक्षता लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यता, डिष्ट्रिक्टका निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
समारोहमा बोल्दै डिष्ट्रिक्ट तीनै जना अबिभावक लम्साल केसी र बसेलले डिष्ट्रिक्ट आई नेपालले आफ्नो लक्ष्य अनुरूप कार्य सम्पादन गरी लायनवादको ईतिहासलाई ब्रेक थ्रु गर्दै लायन्स अन्तर्राष्ट्रियबाट सर्वोत्कृष्ट पदक जेसी रोबिन्सन अवार्डद्वारा डिष्ट्रिक्टलाई सम्मानित गराउन सफल भएकोमा यस्को सबै श्रेय सबै लायन्स सदस्यलाई जाने भन्दै धन्यवाद सहित आभार ब्यक्त गरेका थिए ।
स्टार ग्लोरीका सचिव प्रभा खनाल र पिस पाराडाईजका सचिव नारायण पौडेलको संचालन रहेको समारोहमा सिभिकका हरि अधिकारी, पाराडाईजका मित्रबन्धु बराल र स्टार ग्लोरीका बिध्या खनालले पनि बोलेका थिए ।