पोखरा । लायन्स अन्तर्राष्ट्रियका एरिया लिडर राजन लम्सालले मानिस सेवा कै लागि जन्मिने बताएका छन् । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर ३, रिजन ६, जोन १२ अन्तर्गतका क्लब लायन्स क्लब अफ पोखरा पिस सिटी, पोखरा बाराही टाउन र पोखरा राईजिङ सनको संयुक्त पदस्थापन समारोहमा आयोजित एक कार्यक्रममा लम्सालले उक्त कुरा बताएका हुन् ।
जोन १२ अन्तर्गतका क्लबको पदस्थापन साथै लायन्स क्लब अफ पोखरा पिस सिटी र पोखरा बाराही टाउनको स्पोन्सरमा उद्घाटन भएका दुई क्लब लायन्स क्लब अफ पोखरा गगन र टुरिजम क्यापिटलको ब्यानर उद्घाटन पश्चात बोल्दै लम्सालले समय र आवश्यकता अनुसार मानवले मानव सेवाका लागि सेवात्मक कार्यहरू गरि नै रहेका हुन्छन्, निस्वार्थ सामाजिक भावले समाजमा सेवा गर्ने लक्ष्य र उद्देश्य लायन्सले गरिरहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका लम्सालले भर्खर मात्र उद्घाटन भएका क्लब पोखरा गगनका अध्यक्ष खेमराज अधिकारी र टुरिजम क्यापिटलका अध्यक्ष कृष्ण प्रसाद आचार्यप्रति इंगित गर्दै भने, ‘हामी कुनै न कुनै रुपमा सामाजिक कार्यमा जोड़िईरहेका हुन्छौ । हामीले आफ्नो नेतृत्व क्षमताको बिकाश गरी समाजमा गरेका सेवाका कार्यहरुलाइ संस्थागत गरी अन्तराष्ट्रियकरण गर्न सकेका हुदैनौं तर, लायन्सले मद्दत गर्ने कुरामा जोड दिएका थिए ।
उनले एक आपसमा मानवीय सम्बन्धको स्थापना गर्दै सामाजिक सेवाबाट सन्तुष्टि प्राप्त गर्न विश्वकै सबै भन्दा ठुलो सामाजिक संस्था लायन्समा आबद्ध हुनु भएकोमा अधिकारी र आचार्यलाई बधाई दिदै असहाय तथा दीन दुःखीलाई आफुले सकेको सहयोग गर्न सबै लायन्सहरुप्रति सम्मान अनि सम्पुर्ण समाजसेवीहरुलाई यसका सदस्य बनी सेवाका हात बढ़ाउन प्रेरित गर्न आब्हान पनि गरेका थिए ।
निस्वार्थ सामाजिक भावले समाजमा सेवा गर्ने लक्ष्य र उदेश्यले विभिन्न क्षेत्रहरुमा लायन्स क्लबहरुले काम गरिरहेको बताउदै लम्सालले अन्तराष्ट्रिय अध्यक्ष फब्रिसिओ वलिभेराको नारा मेक योर मार्क र डिष्ट्रिक्टगभर्नर बिनोद ढुङगानाको राखेको नारा ह्युमानिटी फस्ट कार्य क्षेत्रलाइ मुलत जोड दिदै हरेक क्लबका अध्यक्षहरुले आफ्ना अग्रज तथा क्लबका सदस्यहरुसंग सल्लाह र सहयोगमा कार्यक्रमको योजना बनाउने र सो योजनाका लागि आवश्यक श्रोत, साधनको व्यवस्थापन गर्दै समाजिक कार्यहरु सम्पन्न गरी क्लबलाई गतिवान र सक्रिय बनाउन पदस्थापित पाँच वटा क्लबका अध्यक्षलाई आव्हान गरेका थिए ।