56Shares

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको जोन ८ का क्लब पदाधिकारीको पदस्थापनसँगै पोखरा क्षेत्रको पहिलो चरणको पदस्थापन सकिएको छ ।

अगस्ट देख़ि सुरू भएको पोखरा क्षेत्रको पहिलो चरणको पदस्थापन  वटा जोनको २८ वटा क्लबहरूको पदस्थापन सकिएको पोखरा क्षेत्रका पदस्थापन संयोजक डिष्ट्रिक्ट सेक्रेटरियट हरिराज पन्तले जानकारी दिए ।

सोमवार पोखरा क्षेत्रको अन्तिम पदस्थापन जोन ८ अन्तर्गत क्लबहरूको पदस्थापन गरिएको हो । यस अघि काठमांडौ क्षेत्रका विभिन्न ३५ वटा क्लबको पदस्थापन सम्पन्न भई सकेको भने मंगलवारदेख़ि काठमांडौ क्षेत्रको दोस्रो चरणको पदस्थापन सुचारु हुने पन्तले बताए

जोन अन्तर्गतका क्लब लायन्स क्लब अफ पोखरा फर्निसिङ, साधना, प्रोफेसनल, स्मार्ट महाशिलाको पदस्थापन गराउँदै डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले लायनवादलाई स्थापित गराउन क्लबहरूको प्रमुख भूमिका हुने बताए डिष्ट्रिक्टको मूल नारा ह्युमानिटी फस्ट अन्तर्गतका कार्यक्रमलाई प्राथमिकता राखिएको गभर्नर ढुङगानाले बताए ।

प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले नयाँ स्थापित क्लब नयाँ सदस्यहरूलाई स्वागत सहित सपथ ग्रहण गराउँदै लायनवादको मूल मर्मलाई आत्मसात गरेर प्रतिबद्ध भएर सेवाका कार्य गर्न आग्रह गरेकी थिईन्

पोखरा फ़र्निसिङका अध्यक्ष मदन केसीको अध्यक्षतामा सम्पन्न पदस्थापन समारोहमा डिष्ट्रिक्टका निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, फ़र्निसिङका संस्थापक अध्यक्ष रहमोहन सुवेदीलगाएतले शुभकामना मन्तव्य सहित आफ्नो भनाई राखेका थिए

कार्यक्रममा जोन अन्तर्गतका क्लबका अध्यक्षहरू  मदन के.सी, सीता पौडेल, शोभाकान्त पौडेल रामकृष्ण बानियाले कार्यसम्पादन प्रतिवेदन वर्तमान अध्यक्षहरू गोविन्द शर्मा, सुनिता गुरूङ, पवित्रा थापा मगर, रामकृष्ण बानिया विष्णु अधिकारीले भावी कार्ययोजना प्रस्तुत गरेका थिए

56Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected