1Shares

एजेन्सी
ढाका । विद्यार्थी आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडेपछि बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी गरिएको छ । राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका हुन् ।

राष्ट्रपति शाहबुद्दीनले तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरुद्धको विद्यार्थी आन्दोलनका अगुवाहरुसँगको बैठकको निर्णय बमोजिम राष्ट्रिय संसद् विघटन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति शहाबुद्धिनले जारी गरेको विज्ञप्तिमा बीएनपी अध्यक्ष खालिदा जियालाई रिहा गरिएको पनि उल्लेख छ । विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेकाहरुलाई रिहा गर्ने प्रक्रिया सुरु गरी सकिएको र धेरैलाई रिहा गर्ने तयारी भइरहेको जनाइएको छ ।

विद्यार्थीहरूले सैनिक नेतृत्वको सरकार मान्य नहुने र नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई अघि सार्नुपर्ने माग राख्दै आएका छन् । आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेपछि मुलुकलाई नयाँ दिशा दिनका लागि संसद् विघटन गरिएको हो । हसिना देश छोडेर भागेको र हाल उनी भारतमा रहेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected