पोखरा । लायन्स क्लव अफ् पोखरा आदर्श चौतारीले जिल्ला कारागार कास्कीका थुनुवाहरुका लागि औषधि सहितका स्वास्थ्य सामाग्रीहरु दिएको छ । एक थान व्हीलचियर, युरो गार्ड, स्टेचर लगायत मास्क, सेनिटाइजर, झोल साबुन गरी करिब ५५ हजार बराबरका सहयोग सामाग्री दिईएको क्लबका पूर्व अध्यक्ष एवं कार्यक्रम सयोजक लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका एडिसनल डिष्ट्रिक्ट को-अडिअनेटर भरतराज सिग्देलले जानकारी दिए ।
क्लबका अध्यक्ष सुर्य प्रसाद पोखरेलको अध्यक्षता, डिष्ट्रिक्ट ३२५आई नेपालका क्याविनेट ट्रेजरर पबित्र राज तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कारागार प्रमुख राजेन्द्र शर्मा पौडेल, डिष्ट्रिक्टका जिएसटी दीपेन्द्र राई, जिईटी एवं क्लबका सस्थापक अध्यक्ष बासुदेब कोइराला, एम्बासडर मोहन राज पौडेल , रिजन चियरपर्सन ज्ञान बहादुर राना, डिजि प्रोग्राम चियरपर्सन रुकबहादुर गुरुङ, निवर्तमान अध्यक्ष दामोदर आचार्य, क्लब सचिव सूर्य राना, मेलान केन्द्रिय सदस्य रबिन्द्र बस्ताकोटी लगायत क्लबका सदस्य एवम् लियो भाइ बहिनीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहयोग सामाग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि तिवारीले मानवताका लागि गरिएको सहयोग महायज्ञमा गरेको दान भन्दा पुण्य रहेको बताए ।