0Shares

एजेन्सी
ढाका । स्वास्थ्योपचारका क्रममा फ्रान्सको पेरिसमा रहेका बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारको नेतृत्व गर्न मुहम्मद युनुस राजधानी ढाका पुगेका छन् । फ्रान्सको पेरिसबाट उनी दुबई हुँदै ढाका पुगेको सञ्चार माध्यामहरुले जनाएका छन् ।

उनको नेतृत्वमा गठित अन्तिमरिम सरकारका १५ सदस्यीय सल्लाहकार परिषद्ले बिहीबार बेलुकी ८ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।विमानस्थलमा उनलाई स्वागत गर्न बंगलादेशी सेनाका प्रमुख वाकर जमान, आन्दोलनका नेतृत्व गरेका विद्यार्थीहरु, अन्य सुरक्षा निकायका प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरू पुगेका थिए ।

विमानस्थलमा पत्रकारहरुले उनलाई ‘कस्तो महसुस भइरहेको छ’ भनेर सोधेका थिए । जवाफमा उनले ‘आफू आभारी रहेको’ बताए ।
स्वतन्त्रता सेनानीको परिवारका आफन्तलाई दिइएको आरक्षणविरुद्ध विद्यार्थीले दुई महिनादेखि गरेको आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेर भागेकी थिइन ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected