17Shares

पोखरा भ्यूज
काठमाडौं । विभिन्न निर्माण कम्पनी र आपूर्ति व्यवसायीलाई कालोसूचीमा राखिएको सूचना सार्वजनिक भएको छ। सार्वजनिक खरिद अनुगमनको कार्यालयले शुक्रबार एक सूचनामार्फत् विभिन्न विभाग र कार्यालयहरूको सिफारिसका आधारमा २० भन्दा बढी निर्माण कम्पनी र आपूर्ति व्यवसायीहरूलाई कालोसूचीमा राखिएको सार्वजनिक हो।

कालोसूचीमा पर्नेमा एउटा भारतीय निर्माण कम्पनी पनि छ। भारत देहरादुनको भारत कन्स्ट्रक्सन पी.पी.सी.एल र त्यसका सञ्चालक राजिव गुर्गालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको हो ।

त्यस्तै सिद्धीसाइ प्रकाश कन्स्ट्रक्सन क्षेत्रपाटी र त्यसका प्रमुख व्यक्ति दिपेन्द्र बहादुर शाही पनि तीन वर्षका लागि कालोसूचीमा परेका छन्। अन्य विभिन्न कम्पनी र आपूर्तिकर्ता तथा त्यसका मुख्य व्यक्तीहरू डेढ देखि तीन वर्षसम्मका लागि कालोसूचीमा परेका छन्। कालोसूचा परेकाहरूले कालोसूचीमा राखिएको अवधीभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक गरेको सूचनाः

 

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected