1Shares

एजेन्सी
ढाका । नोबेल शान्ति विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकार प्रमुखका रूपमा शपथ लिएका छन्। कोटाप्रणाली विरुद्ध एक महिनासम्म चलेको विद्यार्थी आन्दोलनबाट प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिई देश छोडेपछि आन्दोलनरत युवा तथा विद्यार्थीहरूका तर्फबाट युनुसको नाम सिफारिस भएपछि नै उनलाई अन्तरिम सरकारको नेतृत्व गर्न फ्रान्सबाट डाकिएको थियो। उनी बिहीबार नै ढाका आइपुगेका हुन्।

युनुस सन् २००६ को नोबेल शान्ति पुरस्कार विजेता हुन्। लाखौं जनतालाई ग्रामीण बैंकमार्फत् सय डलरभन्दा कम रकमको ऋण ९लघुवित्त० उपलब्ध गराएर गरिबीको रेखाबाट निकालेपछि युनुसले नोबेल शान्ति पुरस्कार पाएका थिए।

युनुस नेतृत्वको १६ सदस्यीय अन्तरिम सरकारमा पछिल्लो आन्दोलन नेतृत्व गरेका विद्यार्थी नेताहरू नाहिद इस्लामी र असिम महमुद पनि सदस्य छन्। त्यसबाहेक नागरिक समाजका नेता, कूटनीतिज्ञ र पूर्वजनरललाई सरकारमा सामेल गरिएको छ।

कोटा प्रणालीविरूद्ध बंगलादेशमा एक महिनादेखि चलेको सरकारविरोधी प्रदर्शनलाई विद्यार्थी तथा युवा पुस्ताले चर्काएको आन्दोलन भनिन्छ। त्यही युवा पुस्ताबाट प्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गराउनमा २६ वर्षीय नाहिद इस्लामीको नेतृत्वदायी भूमिका रह्यो।

आन्दोलन अवधिभर विद्यार्थी संगठित गर्नेदेखि नेतृत्व गर्नेमा उनको नाम सबभन्दा बढी चर्चामा थियो। उनले हसिना भारत निर्वासित भएपछि सैन्य नेतृत्वको सरकार नस्वीकार्ने चुनौती दिएका थिए। नोबेल विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने सिफारिस उनैले गरेका थिए। युनुसकै नेतृत्वमा अन्तरिम सरकार गठन हुने सूचना सार्वजनिक गर्ने पनि नाहिद नै हु

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected