306Shares

पोखरा, २८ साउन डिष्टिक्ट ३२५ आई नेपालले डिष्ट्रिक्ट लायन्स लिडरशिप ईन्सिच्यूट सञ्चालन गर्ने भएको  साउन ३२ देखि भाद्र गतेसम्म गोरखा गार्ड़ेन रिसोर्ट, गोरखामा सञ्चालन गरिने ईन्सिच्यूटमा क्लब अध्यक्ष मात्र सहभागि हुने डिएलएलआईका संयोजक मणि डुम्रेले जानकारी दिए

डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे प्रमुख रहेको डिष्ट्रिक्ट लायन्स लिडरशिप ईन्सिच्यूटमा युवा अभियान्ता एंब जीवन रुपान्तरणका लागि अन्तर्राष्ट्रिय प्रशिक्षक नर बहादुर कार्की, दिनेश श्रेष्ठ प्रशिक्षक रहेने छन् ।

त्यस्तै, श्रोत व्यक्तिको रूपमा लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्साल, पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मन बहादुर रोका, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू डिके ढुङगाना, चन्द्रकुमार केसी, राम बहादुर बसेल, इन्दु लम्साललगाएत रहने छन्

सो ईन्सिच्यूटमा ८५ जनाले मात्र सहभागिता जनाउन पाउँने डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले बताए

नेतृत्व ब्यक्तित्व विकासका लागि सञ्चालन हुन गईरहेको तिन दिने तालिम फलदायी हुने अपेक्षा लिएका छौं । विभिन्न नाममा हालसम्म भएका तालिम मध्ये उत्कृष्ट हुने गर्भनर ढुङगानाको दावी रहेको

बिगत तीन बर्ष देख़ि डिष्ट्रिक्टले संचालन गर्दै आईरहेको यस प्रकृतिको तालिम तेस्रो संस्करणको रहेको डिष्ट्रिक्टका क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले बताए ।

306Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected