२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरस्थानिय समाचार

पोखरा २० भलाम–मौजामा सार्वजनिक सुनुवाई सम्पन्न

सूर्य बास्तोला / सुशासन, पारदर्शिता र जवाफदेहीताका लागि पोखरा २० भलाम–मौजाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
गत आर्थिक वर्ष २०८०।०८१ को योजना तथा कार्यक्रमको समिक्षा गर्दै यस चालु आर्थिक वर्ष २०८१।०८२ को योजना तथा कार्यक्रमको वडा नं. २० ले सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष गंगा बहादुर खत्रीले वडाको विकासको लागि आफ्नो र वडाको तर्फबाट विकास निर्माणका काममा सधैं लागिरहने बताए । कार्यक्रममा उपस्थित वडाबासीले चालु आर्थिक वर्षमा सडक, बत्ती, सुरक्षा, स्वास्थ्य, शिक्षा, सार्वजनिक जग्गा सुरक्षा लगायत विविध विषयमा जिज्ञासा राखेका थिए ।
नागरिकबाट प्रस्तुत जिज्ञासाका बारेमा स्पष्ट पार्दै वडाअध्यक्ष गंगा बहादुर खत्रीले समग्र वडाको विकासको लागि वडाबासीको पनि उत्तिकै हात हुने हुँदा हामीहरु मिलेर नै वडालाई समृद्ध वडा बनाउन सकिने हुँदा विकास निर्माणका कार्यमा सबैको सहयोगको लागि अपिल समेत गरे ।
वडाअध्यक्ष खत्रीले वडा कार्यालय निर्माणका लागि टेण्डर प्रक्रिया सकेर पनि काम अगाडि बढिसकेको जानाकरी गराए । आफ्नो टोलमा सरसफाई गर्न स्वयं टोलबासीको पनि जिम्मेवारी भएको बताउँदै खत्रीले यस आर्थिक वर्षमा वडाभित्र रहेका आमा समूह, टोल विकास संस्था, युवा क्लव लगायत सामाजिक संघसंस्थालाई अभिमुखीकरण गराएर मात्रै बजेट कार्यान्वयन गर्न अनुरोध गरे ।
वडाको विकासको लागि जनप्रतिनिधि, कर्मचारी र वडाबासी सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउँदै सबैलाई एकजुट भएर लाग्न र विकासलाई राजनीतिसँग नजोड्न खत्रीले आग्रह गरे ।
कार्यक्रममा वडासचिव हरिकृष्ण आचार्यले गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरु वडाबाट सम्पादन भएका सेवा प्रवाह र विकास निर्मणको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आ.व.२०८०।०८१ मा वडा नं. २० मा वडास्तरीय बजेट १ करोड ५९ लाख १७ हजार, महानगरस्तरीय बजेट रु. २ करोड ५१ लाख र क्रमागत गत वर्षबाट सरेको रु. २ करोड ३ लाख ७२ हजार गरी कुल बजेट ६ करोड १३ लाख ८९ हजार भएको जानकारी दिए । जस अन्तर्गत महानगरको मात्रै ४ करोड ५४ लाख ७२ हजार रहेको छ । यस्तै वडाभित्र शिक्षातर्फ वडा अध्यक्षसँग बालबालिका कार्यक्रम, पढ्दै कमाउँदै कार्यक्रम, छात्रवृत्ति प्रदान, वडा बाल सञ्जाल गठन लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
उक्त अवसरमा पर्यटन तथा संस्कृति संरक्षणका विभिन्न कार्यक्रमहरु, सामाजिक विकास तर्फका कार्यक्रमहरु, वडाको सेवालाई चुस्त दुरुस्त बनाउने एकद्वार प्रणाली मार्फत सेवा प्रवाह, नागरिक बडापत्र, गुनासो पेटिकाको व्यवस्था, जनप्रतिनिधि र कर्मचारीसहितको घरदैलो कार्यक्रमका विषयमा जानकारी दिइएको थियो ।
कार्यक्रमको सहजीकरण पब्लिक फोर के टेलिभजनले गरेको थियो भने संचालन सञ्चारकर्मी अमृत कुमार भट्टराईले गरेका थिए ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…