एजेन्सी
थाइल्यान्ड । थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिन पदमुक्त भएका छन् । उनले नैतिक उल्लंघन गरेको ठहर गर्दै त्यहाँको संवैधानिक अदालतले बुधबार प्रधानमन्त्री थाविसिनलाई पदमुक्त गरेको हो ।
थाइल्यान्डमा प्रधानमन्त्री थाविसिन पदमुक्त भएसँगै त्यहाँको राजनीति अब कहाँ जान्छ भन्ने पनि प्रश्न उठेको छ । थाइल्यान्डको संवैधानिक अदालतमा न्यायाधीशहरुबीच भएको मतदानमा ५ः४ ले प्रधानमन्त्री थाविसिनको विपक्षमा फैसला भएको हो ।
प्रधानमन्त्री थाविसिनले आफ्नो मन्त्रिपरिषद्मा घुस लिएर सन् २००८ मा ६ महिना जेल बसेका पिचिट चुएनबानलाई गत अप्रिलमा भएको मन्त्रिपरिषद् पुनर्गठनमा मन्त्री नियुक्त गरेका थिए । पिचिट पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको मुद्दामा किनारा लगाउने क्रममा २० लाख भाट (५५ हजार अमेरिकी डलर) लिएर न्यायधीशलाई घुस दिन खोजेपछि अदालतको अपहेलनाको अरोपमा जेल गएका थिए ।


