0Shares

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा-८ उपशाखाको व्यवस्थापन र ने.रे.सो. कास्की शाखा र सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, मालेपाटनको समन्वयमा डेंगी रोग संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम खोज र नष्ट गर अभियान पो.म.न.पा. वडा नं. ८ मा संचालन भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपालीका अनुसार भाद्र ५ गते सम्म कास्कीमा कुल ९७९ जनामा डेंगी संक्रमण देखिएको जसमा २ जनाको मृत्यू समेत भइसकेको बताए । उनका अनुसार धेरै संक्रमित भएको वडामा पो.म.न.पा. वडा नं. ८ पनि परेकाले यस वडामा डेंगीले महामारीको अवस्था सृजना नगरोस् भन्नका लागि उक्त अभियान संचालन गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी, पोखरा-८ उपशाखा अध्यक्ष सीता पाण्डेले वडा नं. ८ मा १५७ जना, वडा नं. ५ मा ८६ जना, वडा नं. ७ मा ३७ जना र वडा नं. १७ मा ३५ जना संक्रमित भइसकेको बताईन् ।
त्यसैगरी डेंगी खोज्ने तथा नष्ट गर्ने अभियानमा पोखराका अन्य वडाहरुमा सशस्त्र प्रहरी, स्थानिय समुदाय तथा अन्य सरोकारवाला निकायहरुको सहभागीतामा डेंगी सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको कालिका गणका गणपति (एसपी) अरुण कुमार शर्माले जानकारी गराए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected