37Shares

पोखरा गण्डकी प्रदेश सभा सदस्य सुधीर पौडेलले “नेतृत्व एक पटक गर्नुपर्छ तर परिणाम दिने गरी” भनेका छन् ।

आज पोखरास्थित लायन्स क्लबहरूको पदस्थापन समारोहलाई सम्बोधन गर्दै पौडेलले लायन्स क्लवबाट नेतृत्व हस्तान्तरण परिणाममूखि नतिजाबारे सिक्नु पर्ने धेरै रहेको बताउदै “नेतृत्व एक पटक गर्नुपर्छ तर परिणाम दिने गरी” भनेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले हामी राजनीति गर्नेलाई जीवनभर पदमा बसिरहन पर्ने लोभले देशले दुःख पाएको भन्दै उनले भने ,“तर लायन्समा आवद्ध नेतृत्वले एक वर्षमा आफ्नो कार्य प्रगति देखाएर अर्कोलाई हस्तान्तरण गरिन्छ त्यसैले हामी राजनीति गर्नेले लायन्सबाट सिक्न पर्ने धेरै छ ।’

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर बिनोद ढुङगानाले पनि एक/एक वर्षमा नेतृत्व फेरिने अर्कोलाई हस्तान्तरण गर्दा गौरव महसुष हुने बताउँदै यो प्रकृया नेपाली नेताहरुले सिक्न आवश्यक भएको बताए । आफ्नो कार्यकाल पूरा गरेर अर्को साथीलाई जिम्मेवारी दिँदा अझ राम्रो परिणाम आउने काम होस् भन्दै जिम्मेवारी दिने प्रचलन लायन्समा रहेकाले नेपाली राजनीतिक दलहरुले यसबाट पाठ सिक्न सक्नु पर्ने बताए

यस अघि डिष्ट्रिक्ट गभर्नर ढुङगानाले जोन अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा पिस टाउन, पोखरा पेन्गुईन, पोखरा महालक्ष्मी पोखरा आँधीखोलाका क्लब अध्यक्ष एवं क्लब पदाधिकारीलाई लायन्सको बिधि बिधानमा रहि पदस्थापित गराएका थिए डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले क्लबका नयाँ सदस्यलाई लायनवाद सम्बन्धि जानकारीसहित सपथ गराएकी थिईन्

कार्यक्रममा २०२३/०२४ का अध्यक्षहरु लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष  केसिमाया नेपाली, पोखरा पेन्गुइनका अध्यक्ष डण्डीराजत्रिपाठी, पोखरा महालक्ष्मीमा अध्यक्ष अखिल धमलाले आफ्नो कार्यकालमा सम्पादन गरेका कार्य प्रस्तुत गरेका थिए भने लायन बर्ष २०२४/०२५ का अध्यक्षहरु क्रमशः क्रान्ति पौडेल,  शिव पौडेल, लक्ष्मण आचार्य नयाँ क्लब लायन्स क्लब अफ पोखरा आँधिखोलाका अध्यक्ष पार्वती पनेरूले हालसम्म सम्पादन गरेका कार्य भावी कार्यक्रम बारे जानकारी गराएका थिए

लायन्स क्लब अफ पोखरा पिस टाउनका बर्ष २०२३/२४ का केसी माया नेपाली लायन बर्ष २०२४/२५ का लायन्स क्लब अफ पोखरा पेन्गुईनका अध्यक्ष शिव पौडेलको अध्यक्षता गरी दुई चरणमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका द्वितीय भाईस गभर्नर सूर्यकुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले शुभकामना मन्तब्य व्यक्त गरेका थिए

लायन्स क्लब अफ पोखरा महालक्ष्मीका सचिव रामप्रसाद खतीवडा आँधीखोलाका सचिव सिता ठडाराईको संचालन रहेको कार्यक्रममा पोखरा पेन्गुइनका प्रथम उपाध्यक्ष सुवाष अम्गाईले स्वागत पोखरा पिस टाउनका पूर्व अध्यक्ष शोभा अधिकारी पौडेलले धन्यवाद ज्ञापन गरेकी थिईन्

37Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected