80Shares

पोखरा । तीज पर्वको अवसर पारी लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले दर खुवाउने कार्यक्रम गरेको शनिबार एक कार्यक्रमको आयोजना गर्दै पोखरा बास्तोलाथरस्थित पोखरा पाटी प्यालेसमा दर खुवाउने कार्यक्रम आयोजना गरिएको फ़ेलोशीप डिष्ट्रिक्ट को-अर्डिनेटर भरतराज सिग्देलले बताए 

डिष्ट्रिक्ट कोचिफ एडभाईजर शान्ता देवी थापा भण्डारीको अध्यक्षता डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो कार्यक्रममा डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेर पाण्डे, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल लगायतको बिशेष उपस्थिति रहेको थियो

डिष्ट्रिक्ट कोचिफ एडभाईजर अमृत शोभा खत्रीको संचालन रहेको कार्यक्रममा डिष्ट्रिक्ट फस्ट लेडि बद्रिका ढुङगानाले स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर ढुङगानाले डिष्ट्रिक्ट फस्ट लेडि बद्रिका ढुङगाना, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे र पिड़िजी स्पाउस भावना बसेललाई सम्मान गरेका थिए ।

कार्यक्रममा गत बर्ष को तीज फेलोशीपबाट बचत भएको रकम १६ हजार एनएलएफ सेलेब्रेसनबाट बचतभएको रकम हजार रूपैया यो बर्षका क्याविनेट ट्रेजरर पवित्रराज तिवारीलाई हस्तान्तरण समेत गरिएकोथियो

कार्यक्रमलाई थप रौनक़ बनाउन लोक गायिका शान्ती डोटेलले लाली जोवन कस्लाई साँच्ने, अरे लालुमाई, राष्ट्रिय गीत प्रकृतिको सुन्दर देश हाम्रो लगाएतका तीज गीतले माहोल तताएको थियो

80Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected