छ लाख बराबरको तामासहित ३ जना पक्राउ
- August 30, 2024
- 693
तस्वीर सौजन्यः जिल्ला प्रहरी कार्यालय, कास्की ।
20Shares
पोखरा भ्यूज
पोखरा । छ लाख बराबरको तामासहित ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १४ बस्ने वर्ष २९ को सुजन परियार र वर्ष ३७ का विकास खवास तथा पोखरा महाहानगरपालिका वडा नं. १५ बस्ने २६ वर्षीय निशान दर्जी छन् ।
उनीहरुले पोखरा १४, मझेरीपाटनमा रहेको गोर्खा भिलेजस्थित सिभिल हाइड्रोपावर स्टोर्सको हाताभित्र राखिएका ३३ केभी ट्रान्समिटर लाइनमा प्रयोग हुने अन्गरग्राउन्ड पावर केवल, आल्मोनियम र जेनेरेटरको पाटपूर्जा समेत गरी अन्दाजी ६ लाख मूल्य बराबरको तामो तार डाँका चोरी गरेको अभियोगमा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसी वसन्तकुमार शर्माले जानकारी दिएका छन् ।
उनीहरुले तारको वाहरी भाग निकालेर नांगो तार बोरामा राख्दै करिको करिब ९६ केजी तामाको तारसहित पक्राउ गरिएको हो ।
20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।