२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरखेलकुदमनोरन्जनस्थानिय समाचार

ऐतहिासकि बाटुलेचौर तजि मेला शुरु, ह्याण्डवलका अन्तर्राष्टिय खेलाडी वस्नेत सम्मानित

पोखरा । पोखरा १६ स्थति बाटुलेचौरमा ऐतहिासकि बाटुलेचौर तीज मेला शुरु भएको छ । वडा कार्यालय, पोखरा १६ को संरक्षकत्वमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा हुने मेलाको वुधवार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका छन् ।

कार्यक्रममा वोल्दै मन्त्री थापाले साँस्कृतिक मेला महोत्सवले स्थानिय पहिचानलाई विश्वमाझ पुर्याउने वताए । उनले पोखराको वाटुलेचौर प्राचिन मेला स्थलको रुपमा रहेको वताउँदै, यसको संरक्षण विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्घता जनाए । संस्कृति संरक्षणमा नयाँ पुस्ता जागरुप हुनुपर्नेमा जोड दिदैं मन्त्री थापाले कला संस्कृति हराए मानव अस्थित्व नै हराउने वताए । कार्यक्रममा मन्त्री थापाले ह्याण्डवलका अन्तर्राष्टिय खेलाडी वाटुलेचौर निवासी विशाल वस्नेतलाई सम्मान गरे ।

मेला मूल व्यवस्थापन समितिका संयोजक वडा सदस्य राजकुमारी वानियाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले तिज मेला वाटुलेचौरको पहिचान भएकाले यसलाई निरन्तरता दिन वडा कार्यालयले संरक्षकत्व ग्रहण गरेको वताए ।

कार्यक्रममा कृषिविज्ञ वेनी वहादुर वस्नेत, पूर्व संयोजक गुमादेवी गौतम अधिकारी, हिमालय क्लवका पुर्व अध्यक्ष मोहन थापा लयाायतले वोलेका थिए । जेष्ठ नागरिक हरिदेवी तिमिल्सीनाले हम्काईलो भाका प्रस्तुत गर्नुभएको कार्यक्रममा संरक्षण आमा समुहले तिज नृत्य, अन्नपूर्ण वालआश्रम, वालशिक्षा प्रि स्कुलका स साना वालवालिकाले नृत्य तथा स्थानिय ज्योति वस्नेतले स्वागत गीत प्रस्तुत गरेका थिए ।

आयोजक बडकरवोट आमा समुहका अध्यक्ष कमला तिमिल्सीनाले स्वागत गरेको उद्घाटन कार्यक्रमको संचालन मुल समितिका सदस्य भिमवहादुर गायकले गरेका थिए । कार्यक्रममा लोक दोहोरी गायक राम्जी पौडेल र सुनिता नेपालीले चर्चित तिजे गीत प्रस्तुत गरेका थिए भने झलकमान सारगी पाठशालाका विद्यार्थीले सारंगी धुन समेत प्रस्तुत गरेका थिए ।

मेलामा भाद्र १९ गते ह्याण्डवल प्रतियोगिता, २० गते अन्तर विद्यालय लोक नृत्य र सांस्कृतिक कार्यक्रम साथमा सम्मान कार्यक्रम र अन्तिम दिन तीज गीत तथा नृत्य प्रस्तुती रहने प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले बताए ।

मेलामा स्थानिय कलाकारको सांगितिक प्रस्तुती समेत रहने छ ।सोही मेलामा वडा कार्यालयले वडाभित्रका विद्यावारिधी गर्न सफल करिव २५ जना व्यक्तिलाई सम्मान र सामुदायिक विद्यालय तर्फ नेपालमै उत्कृष्ट भएको विन्ध्यवासिनी मा.वि र कास्कीमा उत्कृष्ट वनेको ईन्द्रराज्य लक्ष्मी मा.विलाई सम्मान गर्ने तयारी समेत गरेको वडाध्यक्ष अमृत शर्मा तमिल्सिनिाले जानकारी दिए ।

मेला संचालनका लागी करिव १३ लाख खर्च लाग्ने र सो रकम विभिन्न सहयोगदातावाट संकलन गरिने वडा सदस्य एवं अर्थ संकलन उपसमितिका संयोजक रामचन्द्र आचार्यले जानकारी दिए । शाहकालिन इतहिास जोडएिको बाटुलेचौर तजिमेला मुलुककै पुरानो तीज मेला हो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…