19Shares

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ र्आं महाधिवनशनमा अध्यक्ष पदका उम्मेदवारी दिएका गोकणर् कार्कीले आर्थिक चुनौतिले व्यवसायिहरु मारमा परिरहेको बताएका छन् । संघको अधिवेशन नजिकिदै गर्दा यतिबेला बजारमा चुनावी माहोल बढिरहेको छ । अस्वस्थका कारण घरदैलो अभियानमा हिड्न नसकेका कार्कीले आर्थिक चुनौतिको सामना गर्दै व्यवसाय प्रर्वद्धनका लागि एक अर्कासँग हातेमालो गर्न अत्यावश्यक रहेको बताएका हुन् । आफुले यी सबै पिर मर्का बुझेको र सुत्केरी हुँदाको व्यथा जसरी सुत्केरी हुनेलाई मात्र थाहा हुने बताउँदै बाँकीले बिचरा भन्ने बाहेक अन्य व्यथा थाहा नहुने उनले सुनाए । अहिले संघमा समेत आफु उद्योगी, व्यवसायी भएकाले सबै व्यथा थाहा भएको उनले बताए ।
‘आर्थिक चुनौतिहरुको सामना गरिरहेको बेलामा नयाँ-नयाँ अवसरहरुको खोजी गर्दै व्यवसायी सदस्यहरुको मनोभाव बुझेर तालिम, सेमिनार, प्रशिक्षण, व्यावसायिक प्रवद्र्धन र नेटवर्किङको फ्रेममा रहने वातावतरण बनाउने छु’ कार्कीले भने, ‘एउटा सुत्केरीको व्यथा सुत्केरी भएका महिलालाई मात्रै थाहा हुन्छ । अरुलाई त्यो बारेमा थाहा हुँदैन । अहिले संघमा पनि त्यस्तै भएको छ । उद्योगी, व्यवसायी, व्यापारीको कुरा बुझ्ने भनेकै हामी उद्योगी, व्यापारी र व्यवसायीले नै हो । हिजो जसरी मलाई यो स्थानसम्म पुर्‍याउनुभयो अब एक पटक अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’ हालका वरिष्ठ उपाध्यक्ष समेत रहेका कार्कीले पोउवा संघ उद्योग व्यावसायीहरुको छाता संगठन भएकाले नेतृत्व तहमा बसेर काम गर्ने चाहानाका साथै हालको आर्थिक चुनौतिका लागि के कस्ता रणनीति अपनाउनुपर्छ भन्ने बारेमा भिजन तयार गरि गरेको बताए । देशमा कोरोना कहरपश्चात आर्थिक समस्या धेरै आएको र आफु पनि एक उद्यमी भएकाले यसबारेमा सबै कुरा थाहा भएकाले त्यसको समाधान गर्नका लागि अध्यक्षमा उम्मेदवारी दिएको बताए । कोरोनापश्चात देशको अर्थतन्त्र उकासिन सकिरहेको छैन । युवाहरु विदेशीने र देशमा लगानी गर्ने वातावरण नहुँदा देश उधोँ गतिमा गइरहेको बताउँदै कार्कीले यसको समाधानका लागि समग्र उद्योग, व्यापारी, व्यवसायि, पर्यटन, कृषिको क्षेत्रमा काम गर्न आवश्यक रहेको सुनाए ।

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected