पोखरा । पत्रकार प्रकाश चन्द्र सापकोटा ‘यातायात व्यावसायिक पत्रकारिता पुरस्कार –२०८१’ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको सहकार्यमा पोखरा यातायात प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कारबाट सापकोटा सम्मानित भएका हुन् । प्रा.लि.को छैटौं वार्षिक साधारण सभाको अवसर पारेर बुधवार पोखरामा आयोजित कार्यक्रममा सापकोटालाई पुरस्कृत गरीएको हो ।
विगत २० वर्षदेखि पत्रकारीता पेशामा क्रियाशिल सापकोटालाई नगद २५ हजार रुपैया, सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।
उनलाई पोखरा यातायात प्रा लि का अध्यक्ष देउ प्रसाद गुरूङ, कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघका अध्यक्ष विजय कुमार स्वाँर, वरिष्ट उपाध्यक्ष सरोज सिटौला, ऐनकुमार शाही, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीलगाएतले सम्मान गरेका थिए ।
सडक यातायातसँग सम्बन्धित सुचना एवम् सचेतनामूलक समाचारको माध्यमबाट आमजनता र सरोकारवालालाई सु–सुचित गराउन उल्लेख्य योगदान पु¥याएकोमा महासंघ तथा प्रालिले सापकोटालाई पुरस्कृत गरेको जनाईएको छ ।
सापकोटाले यसअघि रासस, तराई टिभी, आदर्श समाज, रेडियो हेम्जा, राष्ट्र न्यूज़ डट कमलगायतका संञ्चारमाध्यममा आवद्ध भई समाचार संकलन तथा सम्पादनको कार्य गरीसकेका छन् ।
प्रालिले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कारबाट यसअघि पत्रकारहरु दिपेन्द्र श्रेष्ठ, गोविन्द सुवेदी, सन्तोषअधिकारी, अर्जुन गिरी, रञ्जन अधिकारी, यदुनाथ बन्जारा, कमल पौडेल अथक, ऋषिकान्त पौडेललगायत सम्मानित भैसकेका छन् ।