२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

श्रीकृष्ण प्रणामी जिल्ला समितिमा ढुंगाना

पोखरा । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, जिल्ला कार्य समिति कास्कीको चौथो वार्षिक साधारण सभा एवं दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालको लागि कृष्ण प्रसाद ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसअन्तर्गत नयाँ कार्यसमितिको निवर्तमान अध्यक्षमा लिलाम्बर सापकोटा, उपाध्यक्षमा महेश्वर पाण्डे, उपाध्यक्षमा टिका खनाल, सचिवमा इन्द्र बहादुर कार्की, कोषाध्यक्षमा राजन घिमिरे र सह सचिवमा जानुका पौडेल चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा अम्बिका सापकोटा, लक्ष्मी ओझा, सरिचा सुवेदी र बालकृष्ण आचार्य चयन भएका छन । श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन कुमार ढकाल निर्वाचन संयोजक र मन्दिरका सचिव लक्ष्मण बराल र बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली सदस्य रहेको निर्वाचन मण्डलले उक्त पदाधिकारीहरु चयन गरेको थियो ।

यस अघि चौथो साधारण सभा तथा दोश्रो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि कल्याण कुमार कार्कीले श्रीकृष्ण प्रणामी सेवा समितिले युवाहरुलाई धर्म प्रति आस्था राख्नका लागि उल्लेख्य काम गरेको वताए । प्रणामी मन्दिरमा आयोजना हुने विभिन्न कार्यक्रमले समेत धार्मिक क्षेत्रमा मानिसहरु प्रति आस्था जगाउन अभिप्रेरित गरेको उनको भनाइ रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…