1Shares

पोखरा । संविधान दिवस २०८१ का अवसरमा पोखरामा वृहद सरसफाइ कार्यक्रम गरिएको छ । संविधान दिवस मूल समारोह समिति गण्डकी प्रदेशको आयोजना तथा पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की, कर्मचारी मिलन केन्द्र कास्की र नागरिक समाज कास्कीको व्यवस्थापनमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू लगायतको विशेष उपस्थिति रहेको थियो ।

यस्तै सप्ताहव्यापी कार्यक्रमका साथ मनाउन लागिएको संविधान दिवस २०८१ का अवसरमा आयोजना गरिएको सरसफाइ क्रममा सुरक्षा निकाय, कर्मचारी, नागरिक समाज, नगर प्रहरी, वातावरण संरक्षणकर्मी, स्वयंसेवी अभियान्ताहरु लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा फेवातालको गाईघाट क्षेत्रमा सरसफाइ गरिएको हो । गाईघाट क्षेत्रमा फिर्के तथा बुलौदी खोला हुँदै बगेर जाने फोहोर ठुलो मात्रामा जम्मा हुने गरेको छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected