38Shares

पोखरा  नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी गण्डकी प्रदेशको प्रेस रजिस्टारमा नियुक्त भएकी छन् । सोमवार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीलाई नियुक्ति पत्र प्रदानसंग़ै सपथ ग्रहण गराएका छन् । भण्डारीलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेस रजिस्ट्रारमा नियुक्त गरेको थियो । 

गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० बमोजिम आगामी वर्षका लागि प्रेस रजिष्ट्रार नियुक्ति गर्ने व्यवस्था । गण्डकी प्रदेश सरकारले आमसञ्चार सम्बन्धी व्यवस्था गर्नेबारेको कानुन निर्माण गरेपछि सोही कानुनकोव्यवस्था अनुसार प्रेस रजिस्ट्रार नियुक्ति गरेको हो प्रेस रजिस्ट्रारले प्रदेशमा आमसञ्चारको व्यवस्थापन नियमनको काम गर्ने कानुनी व्यवस्था

प्रेस रजिष्टार नियुक्तिका लागि सरकारले गत १६ साउनमा १५ दिनको म्याद दिएर सार्वजनिक सूचना मार्फत दरखास्त आह्वान गरेकोमा जनाले दरखास्त दिएका थिए

38Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected