0Shares

पोखरा । परिवार सेवा समाज कास्कीको अध्यक्षमा दुर्गा परियार निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न समाजको पाँचौं अधिवेशनले दुर्गाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षद्वयमा सुरेन्द्र र ज्ञानु परियार, सचिवमा अम्मर परियार, सह-सचिवमा रमेश परियार र कोषाध्यक्षमा सरस्वती परियार निर्वाचित भएका छन् । समितिको सदस्यमा शान्तिदेवी परियार, भक्त परियार, तोपबहादुर परियार, पदम परियार, बिरु परियार, तीर्थ परियार, हेमा परियार, सम्झना परियार, जुनकिरी परियार, कृष्ण परियार र गोमा परियार रहेका छन् ।

अधिवेशनको उद्घाटन परियार सेवा समाजका पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समितिका केन्द्रीय संयोजक डीबी परियारले गरेका थिए । अधिवेशनमा संविधानसभा सदस्य टेकु नेपाली, समाजकी केन्द्रीय तदर्थ समिति सदस्य प्रेमदेवी परियार, राष्ट्रिय सम्मेलन व्यवस्थापन समिति सदस्य लालबहादुर परियार लगायतले परियारको एकतामा जोड दिएका थिए । उक्त अवसरमा समाजले अधिवक्ताद्वय कुञ्जनी परियार र इश्वर परियारलाई सम्मान समेत गरेको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected