13Shares
पोखरा भ्यूज
पोखरा । पूर्व मन्त्री कुमार खड्कालाई पोखरामा नागरीक अभिनन्दन गरिने भएको छ । पोखरा १६ निवासी खड्काले केन्द्र र प्रदेश सरकारको मन्त्री बन्दा पोखरा १६ को विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नमूना क्लब तुम्केले सम्मान गर्ने भएको हो ।
यस क्षेत्रको विकासमा पार्टी भन्दा माथि उठेर जनताका प्रत्यक्ष सरोकारका विषयमा ध्यान दिएको भन्दै पोखरा-१६, तुम्केमा रहेको नमुना क्लवले सोमबार विहान नागरिक अभिनन्दन गर्न लागेको क्लबले जनाएको छ। केआई सिंह पुलबाट गाडी, मोटरसाइकल र्याली सहित नागरिक अभिनन्दन गरिने र महेन्द्र गुफावाट पैदल यात्रापछि तुम्के खेल मैदानमा पुगी विशेष कार्यक्रम गरिने वताईएको छ।
पोखरा १६, १९ र २० मा मन्त्री भएका बखत पूर्व मन्त्री खड्काले आफ्नै पहलमा वजेट विनियोजन गरि, सडक निर्माण, खानेपानी तथा सामुदायीक भवन निमार्ण लगायतका क्षेत्रहरुमा ठुलो योगदान पुर्र्याएका थिए ।
मन्त्री खड्काको अभिनन्दनले असल व्यक्तिको उच्च सम्मान भएको स्थानीयबासीले प्रतिक्रिया दिएका छन् । खड्कालाई नागरिक अभिनन्दन गर्न आफूहरु व्यग्र प्रतीक्षामा जुटेको स्थानीयवासीको भनाइ छ।
कार्यक्रममा सहभागि भईदिन क्लवले सम्पूर्णलाई आग्रह समेत गरेको छ।
13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected