26Shares

पोखरा भ्यूज

पोखरा अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका टुसेमा पर्यटन सूचना केन्द्र स्थापना भएको

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गाउँपालिकासँगको साझेदारी कार्यक्रम अन्तर्गत पर्यटक सूचना केन्द्र, उद्यान दिवा सेवा केन्द्रको स्थापना गरेको हो

पर्यटन सूचना केन्द्र, दिवा सेवा एवं पार्कको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख डा रबिन कडरियाले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

पर्यटक सूचना केन्द्रका लागि एक्याप ल्वाङ कार्यालयबाट १० लाख, गाउँपालिकाको १३ लाख ६० हजार लागत साझेदारी गरी कूल २३ लाख ६० हजार लागतमा निर्माण गरिएको एक्याप ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिए।

केन्द्रले मर्दी हिमाल पदमार्ग, माछापुच्छ्रे नमूना पैदलमार्ग लगायतका पर्यटकीय स्थलमा पद यात्रामा जाने पर्यटकको अभिलेख संकलन गर्नेछ पर्यटक समस्यामा परेमा द्रुत उद्धारमा सहयोग पुग्ने गौतमले बताए । खुमैडाँडा क्रोचोङको पदयात्रा पनि यहीँबाट सुरु हुन्छ

सूचना केन्द्रबाट खुमै तथा मर्दी ट्रेकिङ रुटको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने माछापुछ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले बताए।

पाँच रोपनी जमिनमा सूचना केन्द्र, दिवा सेवा केन्द्र व्यायामशाला निर्माण भएको

26Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected