
पोखरा भ्यूज
पोखरा, १ कार्तिक । फेवातालमा अलपत्र परेका दुई जनालाई व्यक्तिलाई सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार गरिएको छ । फेवातालमा विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण वीच तालमा काठको डुङ्गामा अड्किएका रुपन्देही जिल्ला देवदह-११ घर भई काठमाण्डौ तोखार बस्ने वर्ष २२ का मनिष विश्वकर्मा र रूपन्देही देवीनगर-११, बुटवल बस्ने वर्ष २२ कि प्रिति सुनारलाई सशस्त्र प्रहरी बल नं.२४ कालिका गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको विषेश उद्धारकहरुले सकुशल उद्धार गरेका हो ।
काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार गरेका दुई जनालाई अचानक आएको हावाहुरीमा परी वीच तालमा अतालिएको र उद्धारका लागि चिच्याई रहेको अवस्थामा उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए।
एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको बिशेष बिपद् व्यवस्थापन टोलीले उक्त घटना देख्ने वित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको थियो।








