3Shares

पोखरा भ्यूज

पोखरा । लायन्स क्लब अफ पोखरा दर्पणले कास्कीको मादी गाउँपालिका ११ वार्चोकस्थित अन्नपूर्ण सीतापोखरी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ  ।

लायन्स डिष्ट्रिक्ट ३२५ एल नेपाल अन्तर्गतको क्लब दर्पणले विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई न्यानो कपड़ा वितरण गरेको हो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथी मादी गाउँपालिका वडा नं. ११ का अध्यक्ष चलचित्र गुरुङ, क्लबका अध्यक्ष विश्व पौडेल, डिष्ट्रिक्ट अन्तर्गत जोन ३६ का जोनचेयर पर्सन महेन्द्र पौडेलले स्वीटर, टोपी र ट्रयाक सुट वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा विद्याथीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै, क्लवले गरेको सहयोगले विपन्न वर्गका विद्याथीलाई ठुलो सहयोग पुगेको बताए ।

त्यस्तै जोन चेयरपर्सन पौडेलले आधारभुत सामाग्रीको अभावले कोही विद्यार्थी पनि शिक्षा प्राप्त गर्ने अधिकारवाट वञ्चित हुन नहुने बताए ।

क्लबका अध्यक्ष विश्व पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक्ट ३२५ एल नेपालका एडिसनल क्याबिनेट ट्रेजरर तथा पुर्व अध्यक्ष विजेन्द्र शर्मा पौडेल, रिजन चेयरपर्सन तथा पूर्व अध्यक्ष राममणि पौडेल, निवर्तमान अध्यक्ष ई किरण केसी, वडा सदस्य बिजय खनाल, बिद्यालयका प्रधानाध्यापक लिला खनाल, कार्यक्रम संयोजक दिनेश मणि लामिछाने लगायतले सामाजिक र शैक्षिक क्षेत्रमा लायन्स क्लवले पुर्याएको योगदानको चर्चा गरेका थिए ।

क्लबका सचिव अग्निधर तिमिल्सिनाको सञ्चालन रहेको कार्यक्रममा रिजन चेयरपर्सन राममणि पौडेल कोषाध्यक्ष शनि शाक्यलगाएतले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षिकाहरूले स्वागत नृत्य प्रस्तुत गरी सहभागीलाई मनोरञ्जन दिएका थिए ।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected