२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
विचार / ब्लगव्यक्ति विशेष

राजनीति र समाज सेवा

मलाई धेरै कौतूहल लाग्ने गर्छ , राजनीति सेवा हो वा जागिर हो ? यदि राजनीति सेवा हो भने सेवा गर्नेले तलब, पेन्सन र अरू सुविधा किन लिन्छन् ? यदि जागिर हो भने राजनीति गर्नेका लागि योग्यता र परीक्षा किन हुँदैन ? कतै यो मानव समाजप्रति घोटाला त होइन भनेर जति नै प्रश्न उठे पनि नेपाली हामीले जबाफ पाउँदैनौं ।

कस्तो राजनीतिक प्रणालीमा छौँ हामी ? थोत्रो च्यातिएको लुगा लगाउने एउटा गरिब नेपालीले आफ्नो सुन्दर भविष्यको कल्पना गर्न भोट हालेर चुनाव जिताएको चिल्लो कोट लगाएको भत्ता र सत्तामा लिप्त भएको सांसदले जवाफ चाहियो भनेर संसद्मा फलाक्छ । अर्काे सांसदले ध्यानाकर्षण भयो भन्छ अनि सरकारको मन्त्रीले जवाफ दिन्छ तर जवाफदेहिता कसैले लिँदैनन् । जवाफ माग्ने र दिने प्रक्रियाबीच गरिब जनता खान नपाएर भोकले मरिरहेका हुन्छन्, औषधि नपाएर मर्न बाध्य हुन्छन्, युवा विदेशिन बाध्य भइरहेका छन् । यो क्रम जारी रहँदै गर्दा मर्नेहरूले श्रद्धाञ्जलीसम्म पाउँदैनन् । संसद्मा चिच्याउनेहरूको जागिर चलिरहन्छ । तलब भत्ता पाकीरहेको हुन्छ । माथिल्लो तह मात्र हैन ,पालिकामा पनि यो कुरा उत्तिकै छ । पैसा कमाउनका लागि राजनीति गर्नेहरू छन् र भन्ने पनि गरिन्छ , राजनीतिमा जोगी हुन लागेको हैन् ।

हामी कस्तो प्रजातन्त्र र लोकतन्त्रको भरोसा गरिरहेका छौँ ? मैले भोट हालेर मेरो समाजको समस्या सुनाउन पठाएको निर्वाचित व्यक्तिले हाम्रो समस्या सुनाउनका लागि पनि तीन मिनेटभन्दा बढी समय बोल्न पाउँदैन । अझ दुःखको कुरा त्यो तीन मिनेटमा पनि के बोल्नुपर्छ भन्ने नजान्नेलाई हामी चुनाव जिताएर पठाउँछौँ । नेपाल पटकपटक लोकतन्त्र खतरामा हुनुको दुई वटा कारण छ । एउटा – नेपाली जनता लोकतान्त्रिक पार्टी भोका छैनन् । दोस्रो – लोकतन्त्रको स्थायित्वको लागि समय लाग्छ र नेपाली जनतासँग धैर्य छैन । मेरो देशमा अनपढको लागि राजनीतिभन्दा अरू कुनै क्षेत्र छैन । राजनीतिभन्दा राम्रो नाफा कमाउने अर्को व्यापार छैन ।
हामी यस्तो समाजमा बस्छौँ, जहाँ राजनीतिज्ञहरू किनबेच गर्नमा नै व्यस्त छन् । पैसाले किन्न सकिने सबैभन्दा उत्तम लोकतन्त्र नेपालमा छ भन्दा फरक नपर्ला । हाम्रो देशको लोकतन्त्रले अब बिस्तारै जनताको प्रतिनिधित्व गर्न छोडेको छ । नेपालका राजनीतिज्ञलाई सत्ता र राजनीति अब सेवा गर्ने माध्यम होइन, यो केबल धन्दा बनेको छ । जनताको चुलोमा ग्यास छैन । धारामा पानी छैन । बिरामीले अस्पतालमा बेड पाउँदैन । स्कुलमा गतिलो पढाइ छैन । जनता सुरक्षित छैनन् । कार्यकर्ताको अनुशासन, नेताको शासन दुवै गलत दिशामा गएको । अब यो अप्रजातान्त्रिक महँगो प्रजातन्त्रलाई कहिलेसम्म राख्ने हो ? प्रदेश भाग बन्डाका लागि कार्यकर्ता धन्याउन तयार पारिएको संयन्त्र बनेको छ । कतै ती प्रदेश का प्रतिनिधिहरू निरहि छन् ।
प्रजातन्त्र र गणतन्त्र एउटा क्यासिनो जस्तै भएको छ । त्यो क्यासिनोको मालिक नेपालका राजनीतिज्ञहरू हुन् अनि हामी जस्ता जनता त्यो क्यासिनोको पैसा जितेर जिन्दगी बन्छ कि भनेर जुवा खेल्ने खेलाडी मात्र हौँ । भोट हाल्ने प्रक्रिया भनेको क्यासिनोको ‘स्लट मेसिन’ जस्तै हो । फरक यत्ति हो कि स्लट मेसिन ह्यान्डल तल खिचेर भाग्य खोज्ने अवसर हाम्रो लागि हरेक पाँच वर्षमा एकपटक आउँछ, जसमा जनताले आफ्नो जीवनस्तर माथि उठ्छ र समस्या समाधान हुन्छ कि भनेर स्लट मेसिनको ह्यान्डल तल खिचेर भाग्य खोजेजस्तै भोट हाल्छन् तर जनताको जीवनस्तर कहिल्यै माथि उठ्दैन र समस्या कहिल्यै समाधान हुँदैन । फेरि अर्को चार वर्ष भाग्य खुल्छ कि भनेर कुर्नुभन्दा अरू कुनै उपाय हुँदैन । परिवर्तनको बाटो खोज्छन् , नयाँ च्वाईस गर्छन् , तर जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ भएको छ।
हामी नेपालीलाई जुवाको लत लागेजस्तै भोट हाल्ने लत लागेको छ र समयान्तरसँगै क्यासिनो मालिकले विभिन्न जुवा खेल्ने प्रणालीको प्रयोग गर्छ तर दुर्भाग्य जीत सधैँ क्यासिनो मालिक (राजनीतिज्ञ) को मात्रै हुन्छ र हुँदै आएको छ । कतै अब त्यो क्यासिनोलाई हटाएर नयाँ सिस्टम प्रयोग गर्ने बेला त आएको होइन ? नभए त क्यासिनोमा जुवा खेल्न आउनेलाई निःशुल्क मदिरा, खाने कुरा दिएर जुवा खेलाएजस्तै हाम्रा राजनीतिज्ञले बेला–बेलामा विकासको नाममा ‘गँड्यौला’ फालेर जनतालाई लुट्ने काम गरिरहनेछन् । कतै अब त्यो क्यासिनोलाई नै हटाएर नयाँ सिस्टम प्रयोग गर्ने बेला त आएको होइन ?
अन्न उब्जाउने किसान आज भोको छ । घर बनाउने सिकर्मी र डकर्मीको आफू बस्ने घर छैन । कपडा सिलाउनेहरूसँग आङ ढाक्न एकसरो कपडा छैन । तै पनि गाँस, वास, कपास तथा रोजगारीको नारा गुञ्जिरहेको छ । हरेक दिन गरीबी उन्मुलनको नाममा गरीबकै उन्मुलन गरिँदै छ । हामी त्यो देशमा बस्छौँ, जहाँ भविष्य बनाउनका लागि ३५ दिन कुरेर पहिला पासपोर्ट बनाउनुपर्छ । तब मात्र मेरो भविष्यको ढोका देखिन्छ । यहाँ हरेक दिन गरिबी उन्मुलनको नाममा गरिबकै उन्मुलन गरिँदै छ।
१२ पास गरे पछि को विकल्प अमेरिका, जापान , क्यानाडा, अमेरिका छ । ती १८ वर्षका नाबालक विदेश पठाएर रेमिट्यान्स बाट तलब भत्ता र अन्य सुविधामा रमाउनेहरुले एक पटक सोच्नु पर्छ ।
नेपालका राजनीतिक पार्टीहरू व्यापारी हुन् । उनीहरू बजारको खोजीमा छन् । यिनीहरूले केबल व्यापार गरिरहेका छन् । फाइदाका लागि यिनीहरू बजार, उत्पादन र ग्राहक परिवर्तन गर्न कुनै पनि समय तयार रहन्छन् । आखिर व्यापार फाइदाका लागि नै गरिन्छ । आमाको कोख रित्तिइरहेको छ, छोरी र बुहारीको सिन्दुर पुछिएकै छ, जेठो छोरा मुगलान पसेकै छ । छोराको बिहेमा आँगनमा धूलो उडाउँदै रत्यौली खेलौँला भन्ने आमा छोराको शव हेरेर कुनामा भक्कानो छोडी रोइ नै रहेकी छन् । कान्छो छोराको बिहे गर्ने रहर पूरा नहुँदै बुढा बा छोराको मलामी गएकै छन् । बुढापाकाले भन्थे, आक्रामक नेताको साथ दिने निष्क्रिय समर्थन र बुद्धिमान शिक्षकसँग अज्ञानी विद्यार्थी भएको समाज कहिल्यै अगाडि बढ्न सक्दैन । यही हामीले भोगिरहेका छौँ ।
समस्या व्यक्तिमा होइन, संरचनामा छ । हामीकहाँ लोकतन्त्र किन सफल छैन ? अन्तरनिहीत निर्वाचन, अयोग्य नेताहरू, अज्ञात मतदाताहरू र अल्पकालीन सोच । जब–जब हामी नेतृत्वको कुरा गर्छौं, असल नेतृत्वको कमी गम्भीर समस्याको रूपमा देखा पर्छ । नेताको व्यक्तित्वले हाम्रो जीवनको हरेक पक्षमा महत्वपूर्ण भूमिका खेल्छ । हाम्रो समाजमा इमानदार व्यक्तित्व भएको नेताको कमी छ । देशलाई सही बाटो देखाउन इमानदार, मिहेनति, दूरदृष्टि भएको नेतृत्वको आवश्यकता छ । नेपाली जनता एउटा यस्तो नेताको खोजीमा छन्, जसले विफलताको जिम्मा आफूले लिन्छ र सफलताको श्रेय आफ्नो टीमलाई दिन्छ । भित्र भित्र फर्सी जस्तै कुहिएर जनतालाई असल असल फर्सी साबित गर्ने नेता हैन्, वास्तविक र यथार्त कुरा गरी यो देशलाई मुक्ति दिलाउने नेता को खाचो छ ।
मलाई लाग्छ, निवस्थ भावनाले अभिप्रेरित नेताको उदय नभए सम्म यो राष्ट्रले मुक्ति पाउने छैन । तसर्थ मलाई लाग्छ राजनीतिमा स्वार्थ लुकेको हुन्छ तर समाज सेवा मा निस्वर्थाता हुन्छ ।

Read more

गोर्खा विरासतको निर्णायक मोड : नेपालले अब भारतीय सेनामा भर्तीको ढोका खोल्नुपर्छ!

एउटा ऐतिहासिक सैनिक परम्परा, हजारौँ नेपाली युवाको भविष्य र नेपाल–भारत सम्बन्धको साझा गौरवलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन – सुबेदार मेजर अनरेरी क्याप्टेन रुकुमबहादुर राना, १ गोर्खा राइफल्स सम्पादित…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

नारी अस्मितामाथिको प्रहार र न्यायको प्रश्न : अडियो प्रकरणको निष्पक्ष छानबिन होस्

दीपशिखा शर्मा |  एक्काइसौँ शताब्दीको सभ्य र आधुनिक युगमा पनि महिलाहरूले मानसिक यातना, अपमान, दमन र अन्यायको सामना गर्नुपरिरहेको वास्तविकता अत्यन्त दुःखद र चिन्ताजनक छ। समानता, मानव अधिकार…

कांग्रेसको १५औँ महाधिवेशन : अब नेतृत्व होइन, राजनीतिक दिशाको फैसला

युवराज खनाल, तनहुँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको माहोल तातिरहेका बेला स्वाभाविक रूपमा एउटा प्रश्न सबैभन्दा बढी सुनिन्छ— अब कांग्रेसको नेतृत्व कसले गर्ने? तर कांग्रेसका लागि यो प्रश्नभन्दा ठूलो…

किन बढ्दैछन् ईभी गाडीमा आगलागीका घटना? प्रविधि कि जोखिम?

विशेष लेख | दीपशिखा शर्मा। विद्युतीय सवारीसाधन (ईभी) लाई पेट्रोलियम पदार्थको विकल्प, कम सञ्चालन खर्च र वातावरणमैत्री यातायातको माध्यमका रूपमा लिने क्रम नेपालमा तीव्र बन्दै गएको छ। तर,…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…