२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
अर्थ र वाणिज्य

व्यापार मेलामा छुटको बहार, टिकटक बनाउनेलाई २० हजार पुरस्कार

पोखरा, १३ माघ। । पोखरा ९,नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवमा छुट नै छुटको व्यवस्था भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
संघका उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द बास्तोलाका अनुसार १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलासमेत समाहित गरिएको व्यापार मेलामा रहेको नेपाल टेलिकमको स्टलबाट निःशुल्क सिमकार्ड बितरणको व्यवस्था मिलाइएको छ । उनका अनुसार नागरिकताको फोटोकपी तथा व्यक्तिको फोटो ल्याउनासाथ स्टलबाटै सिमकार्ड उपलब्ध हुन्छ ।
‘यस्तै त्यहाँ राखिएका स्टलहरुबाट ल्यापटप तथा मोवाइल खरिद गर्दा ५० प्रतिशतसम्म छुट,सिसिटिभी क्यामेरा खरिदमा जडानसहित निःशुल्क,स्मार्ट बोर्ड खरिदमा किस्ताबन्दीको सुविधा,मोवाइल एक्चचेञ्ज अफरका साथै मर्मतमा पनि ५० प्रतिशत छुटको व्यवस्था छ,’उपाध्यक्ष बास्तोलाले भने,‘दैनिक टिकटमा १० जनालाई बन्दीपुर केबलकारको टिकट तथा ५ जनालाई मोवाइल फोन नै प्रदान गरिएको छ ।’
संघका महासचिव शोभा गौतमका अनुसार अलोकनकर्ताहरुका लागि टिकटक बनाउने प्रतियोगितासमेत मेलाअन्तर्गत नै आयोजना गरिएको छ । टिकटक बनाउने प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार बराबरको उपहार प्राप्त गर्ने पनि उनले जानकारी दिइन् । भ्यूअर्सको आधारमा विजेता छनोट गरिने छ ।
आइटी महोत्सवअन्तर्गत सूचना प्रविधिसम्बन्धी विभिन्न परियोजना,नयाँ प्रविधि तथा रोबोटहरु,विद्यार्थीहरुले दृष्टिविहीनहरुको लागि उपयोगी हुने सेन्सरसहितको छडी र विद्युतीय गाडीजस्ता प्रदर्शनीले पनि मेलाको रौनकता थपेको प्रचार प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जानकारी दिए । आइटी मेलाअन्तर्गत नै वैदेशिक पलायन रोक्नको लागि परामर्शको व्यवस्थासमेत मिलाइएको उनले बताए ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि संचालित मेलाको नेपाल उद्योग वािणज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार,पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवद्र्धन गरेका छन् । ‘लगानीको सम्वद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ,क्यान कास्की, नेपाल मोवाइल बितरक संघ गण्डकी र सिएसआइटी एसोसियसनसँग सहकार्य गरेको छ । यस्तै, मधेश प्रदेश सरकार, नेपालस्थित भारतीय राजदूताबास,स्वामी विवेकानन्द कल्चरल सेण्टर,पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकीसँग पनि सहकार्य गरिएको संघका उपमहासचिव सुदीप श्रेष्ठले जानकारी दिए ।
मेलाको मुख्य प्रायोजकमा बाल्ट्रा होम एप्लाइन्सेस, सहप्रायोजकमा समृद्धि स्टिल्स,लक्ष्मी इन्टरकन्टिनेण्टल (हुण्डाइ),सुजल डेरीको सफल दूध र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
मुक्तिनाथ विकास बैंकले मेलाको मुलद्वार प्रायोजन गरेको छ भने कृषि विकास बैंक लिमिटेड स्टेज प्रायोजक रहेको छ । ग्लोबल आइएमइ बैंक लिमिटेड,गरिमा विकास बैंक लिमिटेड,नेपाल बैंक लिमिटेड,माछापुच्छे्र बैक लिमिटेड,ग्रिन डेभलपमेण्ट बैंक लिमिटेड,कामना सेवा विकास बैंक लिमिटेड,नेपाल टेलिकम,याक ब्रोइङ कम्पनी,गृहलक्ष्मी ग्यास कम्पनी प्रालि,डाबर नेपाललगायतले मेलामा प्रायोजकको भूमिका निभाएका छन् ।
युनाइटेड अजोड इन्स्योरेन्स प्रालि इन्स्योरेन्स पार्टनर, पोखरा इन्टरनेट प्रालि इन्टरनेट पार्टनर,खल्ती डिजिटल वालेट पार्टनर र यती एयरलाइन्स अभिसियल एयरलाइन्स पार्टनर रहँदा कर्माचार्य फुड एण्ड ग्रेन्स प्रालि,अन्नपूर्ण फुड एण्ड बेभरेज प्रालिको सोल्टी पानी, ,बागमती प्लाष्टिक, बन्दीपुर केबलकार,फिस्टेल ड्रिम पार्क प्रालिले विभिन्न विधामा सहकार्य गरेका छन् । मेलाको हस्पिटल पार्टनरमा मनिपाल अस्पताल तथा हस्पिटालिटी पार्टनरमा चौतारी बुटिक होटल प्रालि,कुटी रिसोर्ट र होटल गोवा प्यालेस रहेका छन् ।
आइतबार मेलामा आइतबार वरिष्ठ लोकगायक प्रजापति पराजुलीसहित इन्द्रा गुरुङ,कमला सुनार,शिवहरि ढुंगाना,राजन कार्कीलगायतको प्रस्तुति रहेको थियो भने सोमबार चर्चित कलाकारहरु जीवन दाहाल, शंकरविरही गुरुङ,सुनिता नेपाली,कृष्णा गुरुङलगायतको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक ललित कुँवरले जानकारी दिए ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…