पोखरा । पोखरा –१६ मा यस बर्ष पनि श्रीपञ्चमीको अवसरमा दौड प्रतियोगिता हुने भएको छ ।
माघ २१ गते सोमवार केआईसिंपुलबाट अर्मलाकोट सम्म करिब १२ कि.मि. को दुरीमा नवौं पर्वतीय दौड–२०८१हुने कार्यक्रममा सहभागी भई समयमा दौड पुरा गर्न आयोजकले आग्रह गरेको छ ।

उक्त दौडमा महिला पुरुष दुवैतर्फ प्रथम हुनेले नगद २५ हजार, द्वितीय २० हजार, तृतीय १५ हजार र सान्त्वना१० हजार प्राप्त गर्ने जानकारी दिएको छ । साथै, दौडमा सहभागी सबैलाई मेडल प्रदान गरिने भएको पर्वतियदौड प्रतियोगिताका संयोजक जुम प्रसाद गुरूङले जानकारी दिएका छन् ।
यसैगरी, वडा नं १६ का खेलाडीहरुको हकमा प्रथम हुनेलाई ८ हजार, द्वितीय ५ हजार, तृतियलाई ३ हजार रसान्त्वना १ हजार साथै दौडमा सहभागीतालाई मेडलको व्यवस्था गरिएको गुरुङले बताए ।
दौडको अतिरिक्त भलिबल, ठेलो प्रतियोगिता समेत हुनेछ । भलिवलमा प्रथम हुनेलाई ५० हजार र द्वितीयलाई३५ हजार त्यसैगरि छेलो प्रतियोगितामा प्रथम हुनेलाई २० हजार र द्वितीय हुनेलाई १० हजार नगद सहितप्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
खेलाडी दर्ताका लागी भू.पू. खेलाडी मञ्च, गैह्रापाटन, पोखरा र दिप गार्डेन रेष्टुरेण्ट के.आई.सिं पुल–१६ मासम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।







