२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
अर्थ र वाणिज्यमनोरन्जन

राजस्थानी नृत्यमा झुमे पोखरेली

पोखरा,१८ माघ । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन् । नाच यति कठीन हुन्छ कि, कहिलेकाहिँ उनीहरु नाचकैतालमा आफ्नो खुट्टा काँचको टुक्रा वा तरबारमासमेत राख्छन् । सामान्यतया : यो नाचको उपक्रममा महिलाहरुटाउकोमा घडा र खुट्टामा पित्तलको थाली राखेर अगाडि बढ्छन् । भवई नाचको रुपमा प्रख्यात यो नाचकोपृष्ठभूमिमा पखावज (मादलजस्तै) ,ढोलक,सारङ्गी र हार्मोनियमको संगीत गुन्जन्छ । भवई नृत्यको नामलेप्रख्यात यो नाचको उत्पत्ति गुजरातमा भएको मानिन्छ तर अहिले यो नाचलाई नजिकको राज्य राजस्थानकोभवई समुदायको पहिचानको रुपमा हेरिन्छ ।

पोखराको प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला २०८१ अन्तर्गत शुक्रबारराजस्थानका कलाकारहरुले मञ्चमा यो नृत्य पस्के । रंगिन पोशाकमा सजिएका कलाकार संगीताबाट प्रस्तुतभवईबाट पोखरेलीहरु मन्त्रमुग्ध बने । उनलाई ढोलकमा इलामद्दिन,मुर्चुङ्गामा सिकन्दर,हार्मोनियममा मेहबुबखान,मुजुरामा इकवाल,ढोलक र बपाङमा निजाम,सारङ्गीमा सफु खानले साथ थिए । यसकाम साथैगायकीमा इलामद्दिन,बुन्दु खान,कसम खान र मेहबुबको साथ थियो । त्यसका अलावा साथमै रहेकाकलाकारद्वय ममता र मधुले दर्शकसामु कालबेलिया नृत्य प्रस्तुत गरे । कालबेलिया भारतको सीमान्तकृतसमुदायमा गनिन्छ । उनीहरु सर्प समात्छन् र सर्पको विषको व्यापार गर्छन् । सर्पलाई पूज्नु र त्यस्तै नाच्नु योजातिको विशेषता हो । यो समुदायलाई जोगिरा पनि भनिन्छ । कालबेलिया नृत्य अक्सर युगल हुन्छ र यसमाप्रेमका कथा भनिन्छ । यो शैलीका गीतहरु मुलधारका भारतीय सिनेमाहरुमा प्रयोग भएका छन् ।

नेपालस्थित भारतीय राजदूतावासको सदासयतामा मेलाको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघलेपोखराको नयाँबजारमा राजस्थानी लोकनृत्य प्रस्तुत गरेको हो । त्यसो त, यो सांस्कृतिक समूहले आफ्‌नोप्रस्तुतिको क्रममा ‘दमादम मस्त कलन्दर’ जस्तो कब्बाली पनि प्रस्तुत गरेको थियो । त्यो प्रस्तुुितमादर्शकहरु झुमेका थिए । बसिमले सो समूहको नेतृत्व गरेका थिए । यो सांस्कृतिक कार्यक्रम आयोजना गर्न  नयाँदिल्लीििस्थत भारतीय सांस्कृतिक सबन्ध परिषद्को सहयोग एवं स्वामी विवेकानन्द सांस्कृतिककेन्दको समन्वय रहेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए ।

यसअघि गण्डकीका वन तथा वातारणमन्त्री भेषबहादु पौडेलले सांस्कृतिक कार्यक्रमको उद्घाटन गरेका थिए ।उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले यस्ता साँस्कृतिक कार्यक्रमहरुको आयोजनाले नेपाल र भारतबीचको सम्बन्धअझ बलियो हुने तथा भाइचार बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पोखरास्थित भारतीय पेन्सन क्याम्पका लेफ्टीनेन्ट कर्णेल( प्रमुख सेनानी) प्रशान्त सिंहभंगेलले सुन्दर नगरी पोखरामा रंगिन पोशाक,पारम्परिक संगीत र आकर्षक नृत्यको लागि प्रख्यात राजस्थानकोलोकनृत्य प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले कार्यक्रमको निरन्तरताको प्रतिवद्धता पनि जनाए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले मेलाको उपक्रममा राजस्थानको लोकनत्य प्रस्तुतिकोअवसर जुटाइदिने सबैप्रति धन्यवाद ज्ञापन गरे ।

पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा भारतीयराजदूतावासका प्रथम सचिव वशिष्ठनन्दन,नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघकापूर्वअध्यक्ष आनन्दराज मुल्मी, पूर्वअध्यक्ष बसन्त उदास,कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी शिवलम्साल,कास्की प्रहरीका डिएसपी वसन्त शर्मासहित संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुकोउपस्थिति रहेको थियो ।

 

शुक्रबार नै कलाकारहरु चोलेन्द्र पौडेल, ज्योति लोहनी,रामजी पौडेल, मन्जु बिक,अमर धिताललगायतकोसांस्कृतिक प्रस्तुति पनि मेलामा सामेल थियो भने शनिबार चोलेन्द्र पौडेल,तारापति सुवेदी,सन्तोष बस्याल,पूजागुरुङलगायतको प्रस्तुति रहने छ । यस्तै मेलामा शनिबार भजन–चुड्का पनि प्रस्तुत गरिने सांस्कृतिक उपसमितिसंयोजक ललित कुँवरले जानकारी दिए ।

मेला प्रचारप्रसार उपसमिति संयोजक मनोहरि पौडेलका अनुसार शनिबार मेलाको औपचारिक समापन हुनेछ ।औपचाकिर समापन कार्यक्रमसँगै सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।

मेलामा हरेक दिन प्रवेश टिकटमा गोलाप्रथाबाट ५ जनालाई मोवाइल तथा १० जनालाई बन्दीपुर केवलकारकोटिकट उपहार दिइने व्यवस्था मिलाइएको छ । यस्तै उत्कृष्ट टिकटक बनाउने प्रतियोगितामा पहिलो हुनेले २०हजार, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार बराबरको उपहार प्राप्त गर्नेछ । भ्यूअर्सको आधारमा विजेता छनोटगरिने छ । आइटी महोत्सवअन्तर्गत पनि विभिन्न उपहार प्रदान गरिएको मेलामा प्रचारप्रसार उपसमिति संयोजकमनोहरि पौडेलले जनाए ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…