0Shares

पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नागढुंगास्थित नेशनल क्रियसन एकेडेमीमा आइटी शुभारम्भ, अक्षरारम्भसहित सरस्वती पूजा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले सरस्वतीको प्रतिमामा पुष्पार्पण तथा आइटी शुभारम्भ गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष बरालले आइटीले विद्यार्थीको शिक्षण सिकाइमा महत्वपूर्ण आयाम थपिने दावी गरे ।
उनले विद्यायलले समयसापेक्ष शिक्षण पद्धति अघि बढाएको भन्दै देशका लागि दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
विद्यालयका प्राचार्य ज्ञानेन्द्र थापाले प्रविधियुक्त शिक्षामा जोड दिँदै आइटी सञ्चालन गरेको जानकारी दिए । आइटीले विद्यार्थीको वौद्धिक क्षमता बढ्ने विश्वास व्यक्त गरे । साथै उनले विद्यार्थीलाई समयसापेक्ष शिक्षा प्रदान गर्न विद्यालय तयार रहेको स्पष्ट पारे ।
उनले विद्यार्थीलाई शिक्षणसँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिँदै आएको त्यसको नतिजासमेत प्राप्त भइरहेको बताए ।
विद्यालयका प्रशासक विक्रम थापाले विद्यालय स्थापनादेखि हालसम्म भएका महत्वपूर्ण गतिविधिमाथि प्रकाश पारेका थिए । उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सधैँ प्रयत्नशील रहेको स्पष्ट पारे ।
कार्यक्रममा विद्यार्थीले सरस्वती नृत्यमा स्वागत, सरस्वती बन्दना, सरस्वती स्तुति, सरस्वती गीत, नेवारी संस्कृति प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक सुदामा रेग्मीले गरेका थिए ।
उक्त अवसरमा विद्यालयमा निर्मित स्मार्ट शौचालयसमेत शुभारम्भ गरिएको छ ।
नेशनल क्रियशन एकेडेमी १८ वर्ष अघि स्थापना भएको हो । विद्यालयमा कक्षा १२ सम्मको पढाई हुँदै आएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected