पोखरा । पोखरा महानगरपालिका वडा नं २७ को नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । सुविधा सम्पन्न नवनिर्मित भवनको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले सेवाग्राहीहरूलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्न यस प्रकारको पूर्वाधार आवश्यक रहेको बताए । वडावासीहरूलाई सहज सेवा प्रदान गर्न महानगरपालिकाले ४ करोड ४७ लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न भवन निर्माण गरेको हो ।

वडा अध्यक्ष पूर्ण कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवि गुरुङ, प्रवक्ता मोतीलाल तिम्सिना, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिका शाही योगी, वडा नं.२६ का वडा अध्यक्ष नरेन्द्र थापा, वडा नं.५ का वडा अध्यक्ष विष्णु प्रसाद बराल, वडा नं.२९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, कार्यपालिका सदस्य तथा वडाका जनप्रतिनिधिहरू लगायत सरोकारवाला र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।







