14Shares

पोखरा । चौबिसौँ आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ ।

शनिवारl पोखरा रंगशाला भएको उपाधि भिडन्तमा यसअघि छ पटकको विजेता नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्सले उपाधि जितेको हो ।

ब्ल्याक बुल्सलाई उपाधि दिलाउन कप्तान जाखोनगिर अख्मादोभले खेलको ४०औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । अख्मादोभले बक्स बाहिरबाट हानेको फ्रिकिक पुलिसका किपर शत्रुघनको हातमै परे पनि उनले बल पन्च नगरि समात्न खोज्दै बल पूर्ण रुपमा क्लियर गर्न नसकेपछि गोल भएको थियो ।

यस्तै खेलको ५८औँ मिनेटमा असिलबेक ओरिफजोनोभले पेनाल्टी बक्सबाट गरेको प्रहार गोलमा परिणत भयो । प्रतियोगिताको उनको यो व्यक्तिगत दोस्रो गोल थियो ।

यसैगरी खेलको ६६औँ मिनेटमा साभकातजोन सात्तोरोभले गोल गरेर उपाधि सुनिश्चित गरिदिए । प्रतियोगितामा उनको यो व्यक्तिगत तेस्रो गोल थियो ।

यता पुलिसका लागि सान्त्वना गोल भने खेलको ७४औँ मिनेटमा शिशिर चौधरीले गोल गरे । उज्वल राईको फ्रिकिकमा उनले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए ।

उपाधि विजेता ब्ल्याक बुल्सले १२ लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने नेपाल पुलिसले छ लाख एक हजार रुपैयाँमा चित्त बुझायो ।

14Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected