17Shares

पोखरा फ्रि मिडिया नेटवर्कले शुक्रवार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासंघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष  वरिष्ठ उपाध्यक्षलाई सम्मान गरिएको फ्रि मिडिया नेटवर्कलाई थप प्रभावकारी बनाउन आयोजित कार्यक्रममा गत मंसिरमा सम्पन्न नेपाल पत्रकार महासंघमा निर्वाचित केन्द्रीय अध्यक्ष निर्मला शर्मा  वरिष्ठ उपाध्यक्ष दिपक आचार्यलाई सम्मान गरिएको हो

लोकतन्त्रको सुदृढिकरण : नागरिक सरोकार, संलग्नता जवाफदेहिता, प्रेस स्वतन्त्रता, मिडिया सुरक्षा र व्यावसायिकताका बारेमा पहिचान, पत्रकारको भौतिक सुरक्षाका लागि स्थापित सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु रहेको फ्रि मिडिया नेटवर्कले विभिन्न सरोकारवालाको उपस्थितिमा पोखरामा छलफल गरेको

छलफल कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष एवं फ्रि मिडिया नेटवर्कका केन्द्रीय संयोजक निर्मला शर्माले पत्रकारको भौतिक हिंसाका घटना न्यूनिकरण गर्न समस्याको पहिचानको अवधारणमा नेटवर्कको स्थापना भएको बताईन्  

शर्माले प्रेस स्वतन्त्रता, मिडिया सुरक्षा र व्यावसायिकताका बारेमा पहिचानमा आएका चुनौतीको अन्य सञ्जालसँग मिलेर कार्ययोजना बनाउने, पत्रकारको भौतिक सुरक्षा सुनिश्चित गर्नका लागि छलफल गरी निश्कर्ष निकाल्ने तथा मिडियामा आएका समाचारका बारेमा छलफल गरी सुधार गर्नु नेटवर्कको काम हुने कुरामा जोड दिदैं यसलाई थप प्रभावकारी बनाउन के के गर्दा अझ प्रभावकारी हुन सक्छ भन्ने भनाई राख्दै सुझावको अपेक्षा गरिएको बताईन् 

कार्यक्रमका विशिष्ट अतिथि पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारको गुनासो र पत्रकारको कमीकमजोरी समाधान गर्न नेटर्वकले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए पत्रकार र अन्य मिडिया सरोकारवालाबीच समन्वयकारी भूमिका खेल्ने, प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएको अवस्थामा त्यसलाई पुष्टि गरी अभिलेख गर्ने, घटनाको स्वतन्त्र अनुगमन गर्ने, आन्दोलन तथा द्वन्द्वका अवस्थामा पत्रकार सुरक्षाको अनुगमनलगायत काम नेटवर्कले गर्ने आचार्यले बताएका थिए

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड़काले पत्रकारको पेशागत सुरक्षाप्रति सबै गम्भीर हुनुपर्ने धारणा राखेकी थिईन्  गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार बिमला भण्डारीले पत्रकारहरु आफ्ना समस्या खुलेर राख्नु पर्ने बताईन्  

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष एवं फ्रि मिडिया नेटवर्क कास्कीका संयोजक माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस स्वतन्त्रताका सेनानी माधव शर्मा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिना, ईन्सेक कास्कीका प्रमुख शिव खकुरेल लगाएतले नेटर्वकको स्थापनाको उदेश्य अनुरूप योजनाका साथ अघि बढ्नुपर्ने धारणा राखेका थिए  

महासंघका कास्कीका सचिव भूपाल गुरूङको संचालन रहेको कार्यक्रममा सामुदायीक रेडियो प्रशारक संघकाअध्यक्ष अर्जुन गिरी, उपाध्यक्ष माधव रेग्मी, पत्रकार कमल पौडेल, ओम हमाललगाएतले पत्रकार सुरक्षा नेटवर्कको औचित्यका बारेमा आफ्नो धारणा राखेका थिए

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected