२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

राष्ट्रपतिबाट सराङकोट महाउत्सवको शनिवार उद्घाटन हुँदै

सराङकोट, पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल भोली पोखरा आउनुहुने भएको छ । सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको उद्घाटन गर्न उहाँ भोली पोखरा आउनुहुने भएको हो।
त्यसका लागि नेपाली सेनाको हेलीकप्टर मार्फत विहान १० बजे काठमाण्डौंबाट सिधै सराङकोट धाम झर्ने राष्ट्रपतिको कार्यतालिका छ ।राष्ट्रपति पौडेलले त्यहाँ महाउत्सवसँगै सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर लगायतका देवालय, १०८ शिललिङ तथा धाराको पनि उद्घाटन गर्नुहुनेछ ।
भोली सराङकोटमा हुने समारोहलाई राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पनि सम्बोधन गर्नुहुने भएको सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिनुभयो।
सराङकोटमा राष्टपति पुग्नुहुने भएसँगै कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायमा प्रमुख एवम् प्रतिनिधिले सराङकोटको अवस्थाबारे स्थलगत रुपमै पुगी यसअघि नै बुझिसक्नुभएको छ ।
सराङकोटमा यहि फागुन १४ गते शिवरात्रीको दिनदेखी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव जारी छ ।महाउत्सवको तेस्रो दिन आजसम्म रु.६५ लाख बढी दान संकलन भएको छ ।
आज पोखरा ८ पृथ्वीचोक निवासी पण्डित ज्योतिष लिलाधर पौडेल परिवारबाट पाँच लाख ११ हजार १ सय ११, कास्कीकोट सराङकोट आमा समूहबाट रु.५१ हजार ५ सय ५५, राष्ट्रिय परोपकार महासंघ पोखरा १५ बाट रु.२५ हजार ७ सय ८५ तथा अन्य दाताको समेत गरी १० लाख बढी रकम संकलन भएको महायज्ञका कोषाध्यक्ष शिवप्रसाद कोइरालाले जानकारी दिनुभयो।
सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।
सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।महाउत्सवका अवसरमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पुजा तथा संगीतमय भजन कृर्तन भइरहेको प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो ।त्यहाँ भागवत् भाष्कर पण्डित कमलनयन गौतमले कथा प्रवचन गरिरहनुभएको छ ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…