
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको पोखरामा हुन गैरहेको चौथो राष्ट्रिय महाधिबेशनको तयारी पुरा भएको छ । फागुन २४ गते शनिवार पोखरा सभागृहमा सम्पन्न हुने महाधिबेशनका सम्पूर्ण प्रक्रिया पूरा भएको महाधिवेशन मुल आयोजक समितिका संयोजक हरिराज पन्तले जानकारी दिए ।
पन्तका अनुसार महाधिबेशन सहभागिता जनाउनको लागि बुधवार सम्ममा करीव ९ सय ५० जनाले प्री-रजिष्ट्रेशन गराई सकेका छन भने अन्तिमदिनसम्म १ हजार ५ सय जनाको रजिष्ट्रेसन हुने अनुमान गरिएको पन्तले बताए । महाधिबेशनको कार्यक्रम स्थल सभागृहमा भएकोले सभागृहलाई ब्यवस्थित गर्नेकाम शुरु गरिएको छ ।
महाधिवेशनमार्फ़त डिष्ट्रिक्टका पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन एवं वर्तमान लायन्स अन्तर्राष्ट्रियका एरिया लिडर राजन लम्साललाई अन्तर्राष्ट्रिय निर्देशकका लागि ईन्डोर्स गर्नेछ । त्यस्तै, लायन्स वर्ष २०२५/२६को लागि नयाँ डिष्ट्रिक्ट गर्भनर, फस्ट भाइस डिष्ट्रिक्ट गर्भनर र सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर चयन हुनेछ ।
सामाजिक सेवामा समर्पित र सामाजिक मनोभावना भएका व्यक्तिहरुको समूह लायन्स डिष्टिक्ट ३२५ आई नेपालको तेस्रो महाधिवेसनलाई ऐतिहासीक, सभ्य र भव्य रुपमा सफल पार्न सम्पुर्ण पोखरेली लायन्सहरुका साथै आम पोखरेलीहरु आ आफ्नो क्षेत्रबाट जुटेका समितिका सह–संयोजक सूर्यनारायण बरालले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारका सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ, बिशिष्ट अतिथिमा अन्तर्राष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटी, पूर्व अन्तर्राष्ट्रिय डाईरेक्टर ई. सञ्जय खेतान, नेपालका १५ वटै डिष्ट्रिक्टका डिष्ट्रिक्ट गर्भनर लगाएतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने महाधिबेशन तयारी समितिका संयोजक पन्तले जानकारी दिए ।

तयारी भेलालाई सम्बोधन ग़र्दै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर बिनोद ढुंगानाले महाधिबेशनलाई पोखराको पर्यटन प्रवद्र्धन गर्ने माध्यमको रुपमा लिएको पनि बताएका छन् । पोखराको पर्यटन व्यवसायलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्धेश्यले हामीले पोखरालाई नै रोजेका हौ ।
निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले डिष्ट्रिक्ट आई ले गर्ने सबै कार्यक्रम उत्कृष्ट तवरले सम्पन्न हुदै आएका छन् यस महाधिवेशनलाई अझ उत्कृष्ट बनाउन सबै आ–आफ्ना ठाउँबाट लाग्नुपर्ने बताए । लायन्स अन्तर्राष्ट्रियमा डिष्ट्रिक्ट ३२५ आई नेपाल विश्वमै सर्वोत्कृष्ट डिष्ट्रिक्ट भएकोमा गर्व गरेको बताउदै डिष्ट्रिक्ट आई नेपालले गर्ने कार्यक्रम उत्कृष्ट रहेकोमा सबै सबै धन्यवादको पात्र रहेको बताएका थिए ।
मूल आयोजक समितिका अध्यक्ष हरिराज पन्तको अध्यक्षतामा सम्पन्न मिटिङमा विभिन्न उप–समितिका संयोजकहरूले आ–आफ्ना जिम्मेवारीमा रहेका बिभागहरूको कार्यप्रगति प्रस्तुत गरेको महाधिवेशनका सदस्य–सचिव अमृत शोभा खत्रीले जानकारी गराईन् ।
सन् १९७१ मा पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको नेतृत्वमा औद्योगिक नगरी विराटनगरमा लायन्स क्लब अफ बिराटनगरको नामबाट क्लबको स्थापना भई लायन्स प्रवेश गरेको नेपालमा विभिन्न जिल्ला, सहर रगाउँमा गरी करिब २१ सय लायन्स क्लब र ५० हजार भन्दा बढि सदस्यहरु रहेका छन् भने पोखरामा सन् १९७६ मा पोखराका लब्ध प्रतिष्ठित व्यक्तिहरुबाट शिक्षाविद् जर्ज जोनको सक्रियतामा लायन्स क्लब अफ पोखराको नामबाट प्रवेश पाएको हो । नेपालमा रहेका १५ वटा डिष्ट्रिक्ट मध्ये पोखरा क्षेत्रमा ५ वटा डिष्ट्रिक्ट सक्रिय रहेका छन् ।










