२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

सामाजिक नेतृत्वबाटै राजनीतिक नेतृत्व बन्न सक्छ : मन्त्री गुरुङ

पोखरा भ्यूज

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले सामाजिक नेतृत्वबाटै राजनीतिक नेतृत्व बन्न सक्ने बताएका छन् । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको शनिवार पोखरामा उद्घाटन गर्दै मन्त्री गुरूङले लायन्सका माध्यमबाट सामाजिक सेवाका क्षेत्रमा भएका कामको प्रशंसा गर्दै नेतृत्व विकासमा पनि यसले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन ।

सामाजिक नेतृत्वबाटै राजनीतिक नेतृत्व बन्न सक्ने भन्दै उनले सामाजिक क्षेत्र बलियो नबन्दासम्म लोकतन्त्र तथा राज्य बलियो बन्न नसक्ने धारणा व्यक्त गरे ।

मन्त्री गुरूङले सुशासन प्रवद्र्धनासँगै सार्वजनिक सेवाको प्रभावकारिता सरकारको प्राथमिकतामा रहेको बताए । सुशासन प्रवद्र्धन र सावर्जनिक सेवा प्रवाहको प्रभावकारिताकै लागि सरकारले अध्यादेशमार्फत छ वटा कानुन ल्याएको बताए । भूमि सम्बन्धी अध्यादेश छलफलकै क्रममा रहेको बताउँदै उनले अन्य अध्यादेश पारित भैसकेको उल्लेख गरे ।

सेवा प्रवाहलाई छिटो छरितो बनाउका लागि कतिपय कानुनहरू समस्याका रुपमा रहेको बताउँदै मन्त्री गुरूङले ती समस्याको निराकरणका लागि विभिन्न १२ वटा कानुनहरू ल्याउने तयारीमा सरकार लागेको पनि बताए।

कतिपय काममा एक अर्का मन्त्रालय बीच नै समस्या रहने गरेको बताउँदै उनले सम्बन्धित मन्त्रालयबीच समन्वय हुनु आवश्यक रहेको पनि बताए ।

२४० वर्षदेखिको सामन्तबादलाई अन्त्य गर्दै हामी लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेको बताउँदैउनले बर्तमानमा राजकीय सत्ता एवम् सार्वभौमसत्ता जनतामा नै निहित रहेको बताए । हालको राजनीतिक प्रणालीलाई थप सुधार गर्दै अघि बढ्नु आवश्यक भएको उनको भनाइ छ ।

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ नेपालका डिष्ट्रिक्ट गभर्नर विनोद ढुङ्गानाले डिष्ट्रिक्ट अन्तर्गतका लायन्स क्लबहरूले सामाजिक एवम् मानवीय सेवाका क्षेत्रमा देखाएको कृयाशिलता प्रशंसनीय भएको बताएका थिए । उक्त अवसरमा लायन्सका गतिविधिमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान समेतगरेका थिए ।

डिष्ट्रिक्ट गभर्नर विनोद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय डाईरेक्टर संजय खेतान, एलसिआईएफ एरिया लिडर राजन लम्साल, डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मन बहादुर रोका, प्रथम र द्वितीय भाईस गभर्नरद्वय पार्वती खरेल पाण्डे, सूर्य कुमार केसीलगाएतले आ–आफ्नो भनाई राखेका थिए ।

महाधिवेशनको उद्घाटन सत्रमा क्याविनेट सेक्रेटरी अमृत प्रसाद तिवारीको सचिवको प्रतिबेदन र ट्रेजरर पवित्रराज तिवारीको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको थियो । महाधिवेशनको कन्भेनरमा लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीका संस्थापक अध्यक्ष हरिराज पन्त रहेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…