
पोखरा । विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नरमा पार्वती खरेल पाण्डे चुनिएकी छन् । डिष्ट्रिक्टको शनिवार पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट पाण्डे डिष्ट्रिक्ट गभर्नरमा चुनिएकी हुन् ।
लायन्स क्लब अफ काठमांडौ परोपकारका संस्थापक अध्यक्ष समेत रहेकी पाण्डे भाइस डिष्ट्रिक्ट गभर्नर हुँदा होस् अथवा अन्य जिम्मेवारीमा रहँदा होस् उनले लायन्स मार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएकीछन् ।
लायनवादमा विगत १३ वर्षदेख़ि अनवरत रूपमा सक्रिय रहदै डिष्ट्रिक्टका विभिन्न पदमा रहेर सफलताका साथ आफ़ना ज़िम्मेवारी सम्हाल्दै आउँनु भएकी पाण्डेलाई डिष्ट्रिक्ट ३२५ आई नेपालको भाईस डिष्ट्रिक्ट गभर्नर पदमा लायन्स क्लब अफ काठमांडौं परोपकारले दुई बर्षअघि प्रस्तुत गरेको थियो ।
कुनै पनि कार्य सम्पादनमा उनमा रहेको योजनाबद्वता, स्पष्टवादिता, पारदर्शिता, लगनशीलता, विषयगतको ज्ञान एवं क्षमता र दृढ़संकल्पले डिष्ट्रिक्टलाई आशातित उचाईमा पुर्रयाउन सक्ने क्षमता उनीमा रहेको छ । पाण्डेले विभिन्न सामाजिक संघ संस्थामा कुशल नेतृत्व प्रदान गरिसक्नुभएको छ । पाण्डे लायन्स डिष्ट्रिक्टको महत्वपूर्ण पदमा रही सेवा, सक्रियता र योगदानका हिसाबले पनि एउटा छुट्टै पहिचान र अस्तित्व बनाउनु भएकी उनि लायन्सका विभिन्न तालिम तथा सेमीनारमा सहभागी भई लायनवादको मुल्य र मान्यतामा समर्पित रही एक सफल समाजसेवीका रूपमा चिनिन्छिन् । लायन्सको हरेक सदस्यहरु माझ भिजेरकाम गरेकी उनि लायन्स सदस्यहरुको मन र विश्वास जित्नेमा आफु ढुक्क रहेको बताउँछिन् । पाण्डेले आफ़नो क़ार्यकालमा गरिने कार्यक्रम, लक्ष्य र योजना क्याविनेट अफिसर स्क़ुलिङमा विस्तृत रूपमा जानकारी गराउने बताईन् ।
केसी फष्ट भाइस गभर्नर र भट्टराई द्वितीय भाइस गभर्नर बने
पाण्डे डिष्ट्रिक्ट गभर्नर बन्दा डिष्ट्रिक्टको फष्ट भाइस गभर्नरमा सूर्य कुमार केसी र द्धित्तीय भाइस गभर्नरमा शैलेन्द्र मोहन भट्टराई बनेका छन् । केसीको होम क्लव काठमाडौं साकुरा हो भने भट्टराईको लेखनाथ रहेको छ ।
२०१३ देखि नै डिष्ट्रिक्टमा सक्रिय केसी २०२४ मा द्धित्तीय भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका थिए भने १९९९ देखि लायन्समा लागेका भट्टराई २०२५ मा द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बनेका छन् ।
अन्य पदमा को–को ?
पाण्डेले डिष्ट्रिक्टको तेस्रो महाधिवेशनबाट क्याविनेट सेक्रेटरीमा राम बहादुर श्रेष्ठ, कोषाध्यक्षमा महेन्द्रकुमार राठी, प्रमुख सल्लाहकारमा बिष्णु प्रसाद भण्डारी, पिआरओ इन चिफमा ऋषि गिरीलाई मनोनित गरेकी छन् ।
त्यसैगरी, डिष्ट्रिक्टको चिफ अफ काउन्सिलरमा अमृत शोभा खत्री, महेश पाण्डे, चिफ एडमिनिट्रेटरमा जनार्जन फुयाल, हरिराज पन्त र शान्ता थापा भण्डारी, एम्बेसडर अफ गभर्नरमा सुवाष चन्द्र जोशी चयन भएका छन् ।
यसैगरी एडमिनिट्रेटरमा सूर्य नारायण बराल, सन्तोष रावल, अमृत प्रसाद तिवारी, पवित्रराज तिवारी, विनय अग्रवाल, राजु चालिसे, विना थापा सुरेन्द्रमानसिं भण्डारी, शिवराम गौतम, विन्दु घिमिरे, टंकराज अधिकारी, युवराज खनाल र सन्दीप क्षेत्री मनोनित भएका छन् भने बाँकी पदमा छिट्टै नै पूर्णता दिने पाण्डेले बताईन् ।











