7Shares

पोखरा नेपाल महिला संघ कास्कीले भोली (२९ गते विहिवार) होली विशेष कार्यक्रम गर्ने भएको

नेपाली कांग्रेस कास्कीको पाटी कार्यालय परिसरमा हुने कार्यक्रममा संघका पूर्व अध्यक्षहरू, महिला संघमा लामो समयदेख़ि योगदान गरेका महिला दिदी बहिनीलाई सम्मान गरेर होली पर्व मनाउने महिला संघ कास्कीका सभापति मिना पाण्डेले बताईन्

नेतृत्व गर्ने क्रममा हामीबीचमा रहेका तिक्तता, असंझदारीलाई हटाएर भाईचाराको सम्वन्ध निर्माण गर्ने विश्वास लिईएको पाण्डेले बताईन् एक आपसमा हाम्रा सम्वन्धहरुलाई, असंझदारी, र हामीबीचको विभेदलाई अन्त्य गर्दै होली पर्वले प्रेम सद्भाव साटासाट गरेर एकतावद्द हुन सघाउँने पाण्डेको विश्वास छ ।

जलपान सहित आयोजना गरिने होली मिलन कार्यक्रममा पाटीका जिल्ला सभापति किशोरदत्त बराल प्रमुख अतिथि रहने महिला संघ कास्कीका सचिव रामकुमारी पौडेलले जानकारी दिईन्

7Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected