4Shares

पोखरा भ्यूज

पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं वार्षिक साधारण सभा चैत १६ गते शनिबार पर्यटकीय नगरी पोखरामा हुने भएको छ । सभामा महासंघमा ८० जिल्ला/नगर, १ वस्तुगत संघ र २२ वटा एशोसिएट सदस्यहरु सहित अतिथिहरु, पर्यवेक्षकहरु एवं सदस्यहरु समेत करिव ७ सय सहभागीता रहने विहिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमूख आतिथ्यता, गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डे बिशिष्ट आतिथ्यतामा बार्षिक साधारण सभा सम्पन्न हुने नेपाल सुनचाँदी ब्यवसायी महासंघ अध्यक्ष अर्जुन रसाइलीले जानकारी दिए ।

साधारण सभामा नेपाल सरकारका मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका सचिवहरु, विभिन्न सरकारी निकायका महानिर्देशकहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श, नेपााल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमूखहरु, स्थानियस्तरमा रहेका विभिन्न सरकारी निकायका प्रमूखहरुलगायतका अतिथिरुको सहभागिता रहने अध्यक्ष रसाइलीले बताए ।

साधरण सभामा महासंघको हालसम्मका उपलब्धिहरू, आगामी योजना र सुनचाँदी व्यवसायका विभिन्न आयाम, समसामयिक एजेण्डाबारे गहन छलफल तथा विचार विमर्श हुनेछ । महासंघको विधानलाई थप समसामयिक, ब्यवहारिक र प्रभावकारी वनाउने उदेश्यले विद्यमान विधानको तेस्रो संशोधन गर्ने एजेण्डा पनि यस पटकको साधारण सभामा समावेस गरिएको छ ।

साधारण सभाको अन्त्यमा सुनचाँदी व्यवसायलाई अझ मर्यादित, प्रतिष्पर्धी, गुणस्तरयुक्त, पारदर्र्शी र दिगो बनाउने उद्देश्यका साथ विभिन्न एजेण्डाहरुलाई समेटेर पोखरा घोषणा–पत्र सार्वजनिक गरिने अध्यक्ष रसाइलीले जनाए ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected