
पोखरा । पोखरामा सञ्चालन श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा भक्तजनहरूको ब्यापक सहभागीता रहेको छ ।
पोखरा महानगरपालिका–१७, बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२को पूर्वसन्ध्यामा भक्तजनहरूको ब्यापक सहभागीता रहेको आयोजकले जनाएको हो ।
देवी प्रतिभा र आचार्य शितल कृष्ण महाराज लगायतको कथा प्रवचन रहेको श्रीमद्भागवत कथा प्रवचनको कार्यक्रममा स्थानिय भक्तजन लगायत अन्य साधुसन्त र स्थानिय लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिती बाक्लिदै गएको आयोजकको दावी छ ।











