२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
स्वास्थ्य

दमौलीमा मधुमेह र थाइराइड सित्तैमा जाँच

दमौली, तनहुँ । लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजनामा शनिबार दमौलीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ४१ जनाको सित्तैमा मधुमेह र थाइराइड जाँच गरिएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले गुणस्तरीय ल्याबका सेवा र विशेष विशेषता प्राप्त चिकित्सको परामर्श सित्तैमा उपलब्ध गराउने कार्य प्रशंसनीय भएको बताए । मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा उमानाथ अधिकारीले मधुमेह आफैंमा रोग नभए पनि हेलचेक्राई गरे यसले ज्यानैसमेत जान सक्ने जोखिम हुने जनाए ।

मधुमेह, थाइराइड तथा हर्मन रोगमा डिएम गरेका डा अधिकारीले व्यायाम, खानपानमा उचित ध्यान र औषधोपचारमा ध्यान दिए मधुमेह लागिसकेपछि पनि स्वस्थ व्यक्तिसरह जीवनयापन गर्न सकिने उल्लेख गरे । उनले भने, ॅमधुमेहबारे अनेक भ्रम छन् । भ्रमको पछि लाग्दा जीवन नै जोखिममा पर्न सक्छ । बेला बेलामा चेकजाँच गर्ने, औषधी खाने, खानपानमा ध्यान दिन सहज जीवन बाच्न सकिन्छ ।’

व्यास नगरपालिकाका मेयर बैकुन्ठ न्यौपानेले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको दायित्वमा निजी क्षेत्रले सहकार्य गर्नु खुसीको कुरा भएको जनाए । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापनादेखि नै व्यवसायसँगै सामाजिक उत्तरदायित्व र गुणस्तरीय सेवालाई सँगसँगै लगिएको जनाए । युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको यो १ सय ९६ औं शिविर हो ।

युआरएलले नयाँ वर्षको उपलक्ष्यमा सबै सेवामा छुट दिएको छ भने न्युरोडमा रहेको मुख्य कार्यालयबाट थाइराइड सित्तैमा जाँच गरिरहेको छ । युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब भएकाले सोही अनुरुपको दायित्व निर्वाह गर्दै अघि बढेको जनाए । कार्यक्रममा काठमाडौं ट्रमा सेन्टरका हाड जोर्नी रोग विशेषज्ञ डा अर्जुन पन्त र लोकप्रिय स्वास्थ्य क्लिनिकका सञ्चालक राजु दाहालले पनि बोलेका थिए ।

Read more

पोखराबाट सुरु भएको युआरएल अब ‘ग्रुप’मा रूपान्तरण

२१ शाखासहित सेवा विस्तार, नयाँ नेतृत्व चयन पोखरा । पोखरा न्युरोडमा १३ वर्षअघि स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) अब ‘युआरएल ग्रुप’मा रूपान्तरण भएको छ। शुक्रबार सम्पन्न विशेष…

“ऐन–नियमअनुसार जिम्मेवारी पूरा गर्दै अस्पतालको श्रीवृद्धिमा नेतृत्व दिनुहोस्”-स्वास्थ्य मन्त्री पाठक

गण्डकीका १६ प्रदेश अस्पतालका नवगठित व्यवस्थापन समितिसँग अन्तरक्रिया पोखरा, फागुन ११ — गण्डकी प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश को आयोजनामा मन्त्रालय मातहतका २ आयुर्वेद अस्पतालसहित कुल…

महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ फिनिक्सद्वारा आयोजित “महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम (भाग–३)” गत पौष २७ गते आइतबार ललितपुरको नख्खुपोटस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा सम्पन्न भएको…

पोखरामा दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर, ५ सय ५५ जनाको स्वास्थ्य जाँच

पोखरा, ५ पुस। गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर सम्पन्न…

स्थापनाको १३ वर्षमै चरक हस्पिटल प्रदेशकै भरोसायोग्य स्वास्थ्य सेवा केन्द्र बन्दै

पोखरा, २२ मंसिर। पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवा यात्राको १३ वर्ष पूरा गर्दै विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले शनिबार रक्तदान…

 पोखरा ग्लोरीद्वारा स्याङ्गजामा बृहत् आँखा शिविर, २५० भन्दा बढी लाभान्वित

स्याङ्गजा। स्याङ्गजा, पुतलिबजार–१४, लामागेस्थित श्री श्रवण माध्यमिक विद्यालयको प्रांगणमा लायन्स क्लब अफ पोखरा ग्लोरीद्वारा एकदिने बृहत् आँखा शिविर सम्पन्न भएको छ। शिविरमार्फत २५० भन्दा बढी स्थानीयवासीले आँखा स्वास्थ्य…