२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

रोटरी क्लवद्वारा रामज्योति मा. वि.मा कम्प्युटर ल्याब स्थापना

पोखरा । पोखरा महानगरपालिका–२६ स्थित रामज्योति माध्यमिक विद्यालयमा रोटरी क्लव अफ पोखरा फिस्टेल, रोटरी क्लव अफ पोखरा मिड टाउन, रोटरी क्लव अफ नियोट्रिक हङकङ, एडुटेक नेपाल र विद्यालयको सहकार्यमा विद्यालयका विद्यार्थीका लागि अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ ।

उक्त कम्प्युटर ल्याबको उदघाटन रोटरी क्लब अफ नियोट्रिक हङकङका प्रतिनिधि र रोटरी क्लब अफ पोखरा फिस्टेलका प्रतिनिधि विनोद कोइरालाद्वारा गरिएको हो ।

कम्प्युटर ल्याब उद्घाटन कार्यक्रममा रोटरी क्लव अफ पोखरा मिड टाउनका अध्यक्ष सूर्यनारायण बराल, एडुटेक नेपालका क्षेत्रीय निर्देशक श्री आकाशकुमार दास लगायतले कम्प्युटर ल्याबको महत्व र उद्देश्यबारे प्रकाश पारे । उक्त कार्यक्रममा विद्यालयका प्राचार्य गुमानाथ लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर थापा, विद्यार्थी अभिषेक बिकले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमका अवसरमा हङकङबाट आएका प्रतिनिधिहरूद्वारा विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान गरिएको थियो भने विनोद कोइरालाले विद्यार्थीका लागि खेलकुद पोशाक प्रदान गरेका थिए । सहयोगदाताहरूलाई विद्यालयबाट सम्मान गरिएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…